ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैरसंसदीय शब्द अभिलेखबाट हटाउन सभामुख महराको रुलिङ


admin
बैशाख २७, २०७६ शुक्रबार  १ : २४ बजे

काठमाडौं,२७ बैशाख । सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रम पारित गर्ने दिन यही वैशाख २४ गते सदनमा प्रयोग भएका गैर संसदीय शब्द सङ्घीय संसद् सचिवालयको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै सभामुखले सो दिन प्रयोग भएका शब्दका बारेमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै सचिवालयलाई उक्त निर्देशन दिनुभएको हो । सोही क्रममा नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले सभामुखको रुलिङप्रति सम्मान व्यक्त गर्दै नीति पारित गर्ने दिन जिज्ञासाका क्रममा अरु पनि गैरसंसदीय शब्द प्रयोग भएका भन्दै सबै शब्द अभिलेखबाट हटाउन माग गर्नुभएको थियो ।

सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संसदीय शब्द प्रयोग गर्नुभएको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आरोप लगाएको थियो । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार सम्हाल्ने सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । सो पत्रअनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई तोक्नुभएको उहाँले जानकारी दिनुभयो ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश त्यसैगरी बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले “आर्थिक वर्ष २०७६÷७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । उक्त प्रस्ताव पेश गर्दै उहाँले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता खाकाभित्र रहेर बजेट तर्जुमा गरिने जानकारी गराउँदै छलफलमा उठेका विषयवस्तुलाई बजेटको मार्ग दर्शनका रुपमा लिने बताउनुभयो ।

अर्थमन्त्री डा खतिवडाले संवैधानिक व्यवस्था अनुसार नागरिकका मौलिक हक र अधिकार सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्दै जीवनयापनका न्यूनतम आधारभूत आवश्यकता शीघ्र पूरा गरिने विनियोजन विधेयकको प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले आगामी आवको बजेटमा खाद्य सुरक्षा, रोजगारी, आधारभूत शिक्षा, जनस्वास्थ्य, आवास, सामाजिक सुरक्षालगायतका मौलिक कार्यान्वयन गर्न बनेका कानूनको कार्यान्वयन गरी सुरक्षित, सम्मानजनक र गुणस्तरीय जीवनयापनको अवसर सुनिश्चित गर्दै लगिने बताउनुभयो । अर्थमन्त्री खतिवडाले बजेटमा आगामी दुई वर्षभित्र सबै बालबालिकालाई भर्ना गराउँदै ‘साक्षार नेपाल’ घोषणा तर्फ बजेट लक्षित गरिने, जोखिमयुक्त बस्तीका सबै परिवारलाई सुरक्षित स्थानमा सुविधायुक्त आवासको व्यवस्था गर्ने, आगामी आवलाई युवा परिचालन वर्षका रुपमा लिइनेलगायतका प्राथमिकता रहेको अवगत गराउनुभयो । प्रतिनिधिसभाको अर्काे बैठक यही वैशाख २९ गते दिउँसो ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा: “यो निर्वाचन तीन धाराबीचको जनमत संग्रह हो”

नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँ : गगन थापा

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा र हिमपात

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com