ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियामा सम्पन्न कराते प्रतियोगितामा नेपाललाई पाँच स्वर्ण सहित आठ पदक


admin
बैशाख २३, २०७६ सोमबार   ४ : ३२   बजे

काठमाडौं,२३ बैशाख । मलेसियाको ईपोह पेयर्कमा सम्पन्न १६ औं ओकेनवा गजुरियो करांते खुल्ला प्रतियोगितामा सहभागी नेपाली खेलाडीले पाँच स्वर्णसहित आठ पदक जित्न सफल भएका छन् ।

ईन्द्रमुलिया स्टेडियममा भएको खेलमा नेपालको तर्फबाट नेपाल रेन्बुकाई कराँतेका सात जना खेलाडीले विभिन्न तौलमा प्रतिष्पर्धा गरेका थिए । नेपाल रेन्बुकाई कराँते डो संघको तर्फबाट महिला तर्फ हिरादेवी राई, जुनीयरतर्फ ८ वर्ष मुनिको उमेर समुहमा कुमिते तर्फ तिलोतमा नगरपालिका रुपन्देहीका ईश्वर वि.क., १० वर्ष उमेर समुहमा रुपन्देहीकै संगम नेपाली, १२ वर्ष समुहमा युजिन गुरुङ, १३ वर्षमा समुद्र सिंह राना, १४ वर्ष उमेर समुहमा सविन श्रेष्ठ, ओम सतिया गाउंपालिका रुपन्देहीका कमल चौधरीले १५ वर्ष उमेर समुहमा प्रतिष्पर्धा गर्दै पाँच स्वर्णसहित आठ पदक जित्न सफल भएको नेपाल रेन्बुकाई कराँते संघका केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक रेशम लाल लामा तामाङले जानकारी दिए ।

स्वर्ण जित्नेमा नोवेल ईन्भारोमेण्ट एकेडमी कोटीहवाका ईश्वर विक, न्यु नमुना बोर्डिङ स्कुल भलुहीका युजिन गुरुङ, सिद्धार्थ ग्यालेक्सी कोटीहवाका समुद्र सिंह राना, गुरुकुल ईन्स्टिच्युटका सविन श्रेष्ठ, सनलाईन बोर्डिङ स्कुल ओमसतियाका कमल चौधरी रहेका छन् ।

यस्तै प्रतियोगितामा संन्जिवनी शिक्षा सदनका संगम नेपाली रजत, हिरादेवी राईले काता तथा कुमितेमा गरी दुई रजत पटक प्राप्त गरेको प्रशिक्षक कमरुदिन अलि (मोहम्मद अलि ) ले जानकारी दिए ।

१२ वर्ष उमेर समुहमा नेपाली खेलाडि युजिनसँग उज्वेकिस्तानका खेलाडिले निकै प्रतिष्पर्धातमक खेल खेल्दा युजिनले किक प्रहार गरी आफ्नो दवावमा राख्दै नतिजा नेपालको पक्षमा पार्न सफल भए । कुनै पनि प्रतियोगितामा हार नबेहोरेका उज्वेकिस्तानका खेलाडिले नेपाली प्रतिष्पर्धीसँग हार खाएसँगै रुँदै एरिनाबाट बाहिरिएर र प्रतिष्पर्धी युजिनलाई मायाको चिनो समेत प्रदान गरे । यो दृष्य सबैका लागि आर्कषक बनेको थियो ।

विजयी खेलाडीलाई मलेसियाको स्पेयर्कका युवा तथा खेलकुद मन्त्री यब ईन्सिक लि चाउन होनले प्रमाण पत्र तथा पदक हस्तान्तरण गरे । भारत, मलेसिया, सिंगापुर, जर्मनी, ईण्डोनेसिया, पाकिस्तान, दुवई, ईक्जुस्थान लगायत १६ राष्ट्रका करीब १ हजार भन्दा बढी खेलाडि सहभागी प्रतियोगितामा नेपालको तर्फबाट दुई टोली सहभागी थिए ।

नेपाली टोली अनुशासित तथा सबैको आर्कषक बन्न सफल भएको भन्दै ओकनवा गजुरियो डो एशियाका प्रमुख प्रशिक्षक सिहान एस.के आनन्थानले नेपाली टोलीको निकै प्रशंशा गरे ।
नेपालले २०१९–२० लाई भिजिट वर्षका रुपमा मनाउन गईरहेकोले यसलाई सफल बनाउन आफु नेपाल आउने उनले प्रतिवद्धता जनाए । प्रतियोगितामा नेपाली चेली पुष्पा गुरुङले रेफ्रिको भुमिका निभाएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group