ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला–पुरुष ‘मितेरी’ सम्बन्ध : १० वर्षपछि टिकाटालो


admin
बैशाख २१, २०७६ शनिबार  ४ : २४ बजे

काठमाडौं ,२१ बैशाख । करीब १० वर्षअघि रेडियो कार्यक्रममा बोल्दै गर्दा चिनजान भएपछि ‘मित–मितिनी’को नाता लगाउँदै पारिवारिकरुपमा जोडिनुभएका श्याम गिरी र श्यामकुमारी चौधरीले औपचारिक रूपमा मितेरी लगाउनुभएको छ ।

थर र लिङ्ग फरक भए पनि एउटै रेडियोमा उस्तै नामका दुई पात्रले फोन संवाद गरिरहने क्रममा नजिक बन्नुभएका गिरी र चौधरीले लैङ्गिक तथा सामाजिक विभेदको अन्त्यका लागि मितेरी लगाएको प्रतिक्रिया दिनुभयो ।

उहाँहरुले भन्नुभयो, “सामाजिक विभेदका विरुद्धमा हामीले औपचारिकरुपमै मितेरी लगाएका छौँ ।” रेडियो कार्यक्रममा हुने फोन संवादले उनीहरुलाई मित र मितिनीको नातामा बाँधिदिएसँगै उहाँहरुले दुई परिवारलाई एउटा परिवारमा बाँधिदिएको छ । गिरी भन्नुहुन्छ, “हामी १० वर्षदेखि एउटा परिवारजस्तै भएका छौँ, विभिन्न कारणले औपचारिकता दिन सकिएको थिएन, हामीले अहिले औपचारिकरुपमै मितेरी लगाएका छौँ ।”

नाम मिलेपछि रेडियो संवादकै क्रममा फोन नं आदानप्रदान भएपछि आफूहरु पारिवारिकरूपमा पनि नजिकिँदै गएको बताउँदै उहाँहरु भन्नुहुन्छ, “हामीले मित र मितिनी भनेर एकअर्कालाई सम्बोधन ग¥यौँ, यो सम्बन्ध पारिवारिकरूपमा पनि निकट भयो, हामीले आफूलाई भाग्यमानी ठानेका छौँ ।”

गिरी भन्नुहुन्छ, “रेडियोमा नाम सुने, मेरै नाम रहेछ, मात्रै जात र लिङ्ग फरक, तर पनि मैले उहाँलाई मितिनीको नाता लगाएँ, केहीले शङ्का गरे, मैले त्यो शङ्कालाई प्रष्ट्याए, हामी दुवैको एकअर्काका परिवारसँग भेटघाट आउजाउ हुन्छ ।

” दुई परिवारलाई रेडियोले एउटै परिवार बनाइदिएको भन्दै उहाँहरु खुशी व्यक्त गर्नुहुन्छ । “हाम्रा सोचहरु अझै नकारात्मक विचारहरुले भरिएका छन्, हामी अरुलाई राम्रो होइन, शङ्काको दृष्टिले हेर्छौँ, हाम्रा सोचकै कारण समाज अझै पनि पछाडि परिरहेको छ”, चौधरी भन्नुहुन्छ, “हाम्रो मितेरीको सम्बन्धलाई हामी र हाम्रो परिवारले मानिसकेको छ, मैले यसलाई सूचना र प्रविधिले लगाएको गुणका रुपमा मानिरहेकी छु ।”

चौधरी भन्नुहुन्छ, “सकारात्मक रुपमा हामी दुई परिवार एक भएका छौँ, मान्छेले के बुझ्दछन् वा कुन दृष्टिले हेर्छन्, त्यसमा हामीलाई वास्ता छैन, महिला र पुरुषबीचको विभेद अन्त्यको यो एउटा गतिलो उदाहरण पनि हो, सामाजिक विभेदको अन्त्य आफँैबाट शुरु गर्नुपर्छ ।” सबैले समान लिङ्गबीच मितेरी लगाउँछन् ।

गिरी र चौधरीबीचको मितेरी सम्बन्ध भने नौलो र अनौठो छ । बाँकेका अगुवा पत्रकार जे पाण्डे भन्नुहुन्छ, “मलाई अनौठो लागिरहेको छ, महिला र पुरुषबीच भएको मितेरी सम्बन्ध दुनियाँमै पहिलो हुनुपर्छ ।” रेडियो कार्यक्रमबाट नजिक बन्नुभएका गिरी र चौधरीको मितेरी सम्बन्ध नेपालमै पहिलो र प्रेरणादायी मान्न सकिन्छ ।

“मैले अहिलेसम्म जजमानी गर्दा पुरुष–पुरुष र महिला–महिलाका बीचमा मात्रै मितेरी लगाइदिने गरेको थिएँ, मलाई आफैँ पनि अनौठो लागिरहेको छ”, पण्डित इन्द्रप्रसाद उपाध्यायले भन्नुभयो, “मैले आफूलाई पनि भाग्यमानी ठानिरहेको छु, उहाँहरुको मितेरी सम्बन्ध सबैका लागि प्रेरणादायी बनेको छ, म उहाँहरुलाई शुभकामना दिन्छु ।”

यसरी भयो चिनजान आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रमी वान’ जोडिहाल्ने ४९ वर्षीय श्याम आयल निगम नेपालगञ्जमा कार्यरत कर्मचारी हुनुहुन्छ । साथीभाइसँग सहजै निकटता बनाउन सक्ने उहाँको खुबी हो ।

उहाँ नयाँ साथीसँग छिट्टै नजिक बन्नुहुन्छ र सक्ने सहयोग गर्न तयार हुनुहुन्छ । नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी श्यामले यहाँका विभिन्न एफएम स्टेशनले चलाउने फोन संवाद कार्यक्रममा उहाँले फोन गरेर अन्तरक्रिया गरिरहनुहुन्छ । नेपालगञ्जका प्रायः सबैजसो एफएम स्टेशनका साङ्गीतिक कार्यक्रममा फोन संवाद गरिरहने श्यामले रेडियोबाटै रेडियोप्रमीको परिचय बनाउनुभएको छ ।

रेडियोमा प्रसारण हुने फोन संवाद कार्यक्रमसँगै अन्य मनोरञ्जनात्मक कार्यक्रममा समेत उहाँको फोन संवाद भइरहन्थ्यो । त्यही फोन संवादका माध्यमबाट उहाँले मितिनीको नाता गाँस्नुभयो । बाँके बैजापुरकी श्यामकुमारीको रेडियोमोह पनि उस्तै छ । उहाँ पनि रेडियो हिमालका सबै कार्यक्रममा फोन संवाद गरिरहनुहुन्छ ।

राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी ३० वर्षीया श्यामकुमारी स्थानीय अगुवाका रुपमा परिचित हुनुहुन्छ । पढाइमा स्नातक गर्नुभएका उहाँले विभिन्न गैरसरकारी संस्थामा काम गरिसक्नुभएको छ । स्नातकसम्मको पढाइ पूरा गरेर श्यामकुमारी गाउँकै अगुवा महिलामात्रै नभई शिक्षितमध्येमा गनिनुहुन्छ । सामाजिक विभेदविरुद्धका अभियानमा उहाँको सहभागिता छुट्दैन् । उहाँ दुवै जनाको उमेर अन्तर करीब १९ वर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

कांग्रेसले जनकपुरबाट सार्वजनिक गर्‍यो प्रतिज्ञापत्र

रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा: “यो निर्वाचन तीन धाराबीचको जनमत संग्रह हो”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com