ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जो सुन्दर भएकै कारण देश निकालामा परे !


admin

काठमाण्डौं , २६ असोज । ओमार बोरकान अल गाला अर्थात विश्वका सुन्दर युवा । जो, सुन्दरताकै कारण देश निकालामा परे । सुन्दा अचम्म लाग्ला तर यी साउदीका २७ वर्षीय अभिनेता, मोडलले सुन्दर भएकै कारण देशबाट सन् २०१३ तिर देश निकालामा परेका थिए ।

साउदी अरेबिया सरकारले रियाद (साउदीको पर्व) को अवसरमा उनी सगै अरु दुई जना इमरातीहरुलाई पनि सुन्दर भएकै कारण देश निकाला गरेको थियो । कट्टर धार्मिक मुल्यमान्यता र नियममा चल्ने बन्द अरवीयन सरकारलाई यो डर थियो कि महिलाहरु उनीहरुको रुपमा लठ्ठ पर्नेछन् ।

कट्टर सुन्नी मुस्लीम देश साउदी अरवियामा राजतन्त्र छ । र, अपरिचित महिला पुरुषबीच कुराकानी गर्न अवैधानिक मानिन्छ । महिलाहरु उनीहरु प्रति आकर्षीत नहुन् भनेर साउदी सरकारले ओमार सहित अन्य तीनलाई देश निकाला गरेको थियो । एकथरीले देश निकालामा पर्ने व्यक्ति ओमार नभई अरु नै हुन सक्ने र उक्त घटनालाई ओमारले आफुलाई प्रोमोट गर्न प्रयोग गरेको शंका गरेका छन् भने अर्को थरीले उक्त व्यक्ति ओमार नै भएको विश्वास गर्छन् । सुन्दर भएकै कारण देश निकालामा परेका यी युवा यतिखेर के गर्दै होलान ? कसैलाई पनि थाहा छैन ।

को हुन् ओमार बोकरान अल गाला ?
सन् १९९० सेप्टेम्बर २३ बाघदाह इराकमा जन्मेका ओमार बोकरान अल गाला पेशाले मोडल, फेसन फोटोग्राफर र अभिनेता हुन् । इराकमा जन्मे पनि उनी दुबाईमा हुर्किएका थिए । उनको भाई एन बोकरान अल गाला पनि पेशाले मोडल छन् । १८ बर्षको उमेरमै मोडलिङ करिअर सुरु गरेका ओमारले सामसुङ लगाएतका थुप्रै ब्रान्डका लागि मोडलिङ गरेका छन् । तर, सुन्दर भएकै कारण देश निकालामा परेर उनको अभिनय यात्रा अब भने कुन मोडमा पुग्यो भन्ने कसैलाई पनि थाहा छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com