काठमाडौं, १३ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि चीनको राजधानी बेइजिङमा आयोजना भएको दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुनुभएको छ ।

चीनको ९ दिने राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति भण्डारीले दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । भोलिसम्म चल्ने दोस्रो बेल्ट एण्ड रोड फोरमको उद्घाटन चीनिया“ राष्ट्रपति सी जिनपिङ गरेका छन् ।
राष्ट्रपति सी जिनपिङले यस सम्मेलनमा मुख्य वक्तव्य” दिनेछन् । सम्मेलनमा विश्वका ४० मुलुकका नेता, १५० मुलुकका प्रतिनिधि तथा संयुक्त राष्ट्रसङ्घका साथै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूले भाग लिएका छन् । यस भेलामा उच्चस्तरीय बैठक, विषयगत मञ्च तथा व्यापारिक प्रमुख कार्यकारी अधिकारीहरूको सम्मेलन आयोजना हुनेछ ।
यस सम्मेलनको प्रमुख विषय ‘बेल्ट एण्ड को साझेदारीयुक्त उज्ज्वल भविष्य निर्धारणमा सहयोग गर्न क्षेत्र र मार्ग रहेको छ । यस भेलामा व्यवहारिक सहयोगमा ध्यान दिँदै १२ वटा विषयगत मञ्च आयोजना गरिनेछ र यसमा व्यापारिक समुदायका लागि पहिलोपटक सम्मेलन आयोजना गरिनेछ । यस भेलाबाट चीनले भविष्यको सहयोग योजनाका विषयमा दृष्टिकोण प्राप्त गर्ने अपेक्षा गरेको छ ।
यस सम्मेलनमा चीनले उच्चस्तरीय सहयोग, परामर्श, सहयोग र फाइदा साझेदारीका सिद्धान्त, क्षेत्र तथा मार्गका लागि खुला, पारदर्शी तथा सहभागीतामूलक विधि तथा वातावरण मैत्री तथा दिगो विकासको प्रयासमा एकमत प्राप्त हुने आशा गरेको यस मञ्चको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्