ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति विद्यादेवी भण्डारीबाट चीनको टेराकोटा म्युजियमको अवलोकन


एबीसी न्यूज


काठमाडौँ १२ वैशाख । छिमेकी मित्रराष्ट्र चीनको ९ दिने राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको टेराकोटा वरिर्यज म्युजियमको अवलोकन गर्नुभएको छ ।
टेराकोटा आर्मी चीनको सबभन्दा महत्वपूर्ण एक पुरातात्तिवक खोज हो ।

पश्चिमी चीनको सिआन शहरमा रहेको छिङ वंशका प्रथम सम्राटको समाधिस्थल विश्वका सम्राटहरुका समाधिस्थलहरुमध्ये सबैभन्दा ठूलो र विशेषखालको समाधिस्थल हो ।
त्यस समाधिस्थलमा रहेका टेराकोटा सिपाहीहरु इजिप्टको पिरामिड जत्तिकै प्रशिद्ध छन जसलाई विश्वका आठवटा आश्चर्यमध्ये एक मानिएको छ।

त्यस समाधिस्थलको निर्माणका लागि उनले देशभरिका सात लाख मानिसहरुलाई लगाएका थिए। ती मानिसहरुले झण्डै चालिस वर्ष लगाएर सो समाधिस्थलको निर्माण गरेका थिए।

त्यस समाधिस्थल चीनको पल्लो सान्सी प्रान्तको सिआन शहरको कछाड क्षेत्रको लि शान पहाडमा अवस्थित छ जसको क्षेत्रफल छपन्न वर्ग्किलोमिटर छ । त्यस समाधिस्थल दक्षिणदेखि उत्तरसम्म तीन सय पचास मीटर र पूर्वदेखि पश्चिमसम्म तीन सय पैतालिस मीटर छ। त्यस समाधिको उचाइ छहत्तर मीटर छ । चीनका पूरातत्वविदहरुले त्यस समाधिस्थलको वरिपरि पाँच सयभन्दा बढी चिहानहरु पत्ता लगाएका छन। ती चिहानहरु त्यस समाधिस्थलको निर्माण गर्ने मानिसहरुको चिहान हुन। ती पूरातत्वविदहरुले समाधिस्थलमा टेराकोटा सिपाहीहरु पनि पत्ता लगाए ।

सन् ०९७४ मा स्थानीय बासिन्दाहरुले एउटा इनार खन्नलाग्दा धेरै पूराना इँट र विशेषखालको माटो निस्केको थियो। पूरातत्वविदहरुले ती इँटका टुक्रा तथा माटो देख्नेबित्तिकै एउटा पत्तालागेको अनुमान गरे । त्यसपछि त्यहाँ उत्खनन गर्दा विश्व प्रख्यात टेराकोटा सिपाही देखा परे। उत्खननपछि त्यहाँ टेराकोटा सिपाहीहरु गाडिएको स्थानमा पाँच सय सिपाहीहरु, अठारवटा सैनिक वाहन र एक सयभन्दा बढि घोडा भेट्टिएका छन। ती सिपाहीका मूर्तिहरु सबै मानिसको औषत उचाइ एक दसमलब आठ मीटर छ।

यी मूर्तिहरुमा छिङ वंशको उच्चस्तरीय कला प्रतिबिम्बित भएको छ। विश्वका विभिन्न मुलुकका जनतालाई टेराकोटा एकदमै मन पर्छ। अधिकांश विदेशी पर्यटकहरुले टाढा–टाढाबाट चीन आएर यी टेराकोटा सिपाहीको अवलोकन गर्नेगरेका छन। केही वर्षदेखियता त्यस समाधिस्थलमा पचास हजारभन्दा बढी महत्वपूर्ण ऐतिहासिक वस्तु फेला पारिएको छ। सन १९८०मा चीनका पूरातत्वविदहरुले त्यस समाधिस्थलमा फलामको घोडा–गाडी पत्ता लगाएका थिए ।

त्यो घोडा–गाडीको आकार वास्तविक घोडा–गाडीको आधा जति छ । सन १९८७ मा युनेस्कोले त्यस समाधिस्थल र टेराकोटा सिपाहीहरुलाई विश्व साँस्कृतिक संपदा सूचीमा समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

युद्धविरामका लागि ट्रम्पसँग समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com