ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणहिटीका बहुमूल्य आखेटोपहार कुहिँदै


admin
चैत्र २७, २०७५ बुधबार  ४ : ५२ बजे

काठमाडौं,२७ चैत । नारायणहिटी सङ्ग्रालयमा संरक्षण अभावमा बहुमूल्य जनावरका आखेटोपहार (छाला) कुहिन थालेका छन् । सङ्ग्रालयको फरासखानामा रहेका प्रतिबन्धित ती छाला कुहिएर गन्हाउने अवस्थामा पुगेका छन् ।

विसं २०६५ यता ती बहुमूल्य जनावरका छाला प्रयोगविहीन भएपछि संरक्षणको अभावमा कुहिन थालेका हुन् । सङ्ग्रालयभित्रकै एउटा घरमा बाघ, मृग, जरायो, चित्तल, भालु, गैँडालगायतका जनावारका बहुमूल्य छाला त्यतिकै राखिएका छन् ।

छालालाई नकुहिने गरी ‘ट्याक्सीडर्मी’ विधिमार्फत ती बहुमूल्य छालालाई संरक्षण गर्न सकिने भए पनि उक्त विधि अपनाइएको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च पदाधिकारी सङ्ग्रालयको पटक पटक अवलोकन गर्न आउँदा आखेटोपहार कुहिएको अवस्था देख्ने गर्दछन् र ती आखेटोपहारलाई संरक्षणका लागि आश्वासन दिने गरेता पनि संरक्षणको लागि कुनै पहल गरिएको छैन ।

सङ्ग्रालय भित्रको एउटा टहरामा ती आखेटोपहार त्यतिकै खाटमा थन्काएर राखिएको अवस्थामा छन् । तत्कालीन राजाहरुका विभिन्न कार्यक्रममा ती जनावरका छालालाई प्रयोगमा ल्याइएपनि अहिले प्रयोगमा छैनन् ।

ती छाला राजा महेन्द्र, वीरेन्द्र, तत्कालीन युवराज दीपेन्द्रले शिकार खेल्दा मारेका जनावर र विभिन्न विशिष्ट व्यक्तिले उपहार दिएका हुन् । सङ्ग्रालयहका प्रमुख अद्धेतप्रकाश श्रेष्ठले बहुमूल्य आखेटोपहार प्रयोग नभएपछि संरक्षणको अभावमा कुहिन थालेका बताउनुभयो ।

“पहिले पहिले राजाका पालामा ती छाला प्रयोग हुन्थ्ये र संरक्षण भएको थियो, तर अहिले प्रयोगै नगरिकन एकै ठाउँमा राख्दा ती कुहिन थालेका छन”, उहाँले भन्नुभयो, ‘‘धेरै वहुमुल्य आखेटोपहार कुहिएर नष्ट भएका छन्, अहिले पनि सरकारले चासो दिए केही छालालाई संरक्षण गर्न सकिन्छ ।’’

उहाँले ती छाला संरक्षण गर्नका लागि प्राविधिक नभएकोले समस्या भएको बताउनुभयो । “अहिले खोजेर पनि नपाइने दुर्लभ वन्यजन्तुका छाला सङ्ग्रालयमा कुहिने अवस्था छन्”, उहाँले भन्नुभयो, “हामीले संरक्षणका लागि पटकपटक सरकारसँग आग्रह गरेका छौँ, तर अहिलेसम्म पहल भएको छैन ।

यसैगरी राजसंस्था हुँदा प्रयोग गरिने अन्य सामग्रीको समेत संरक्षण हुन सकेको छैन । राजसंस्था हुँदा प्रयोग हुने टेन्टका सामग्रीसमेत त्यत्तिकै राखिएका छन् । सङ्ग्रालयमा सबै प्रशासन क्षेत्रका कर्मचारी रहेकाले ती पुरातत्वका विशेष महत्वका सामग्री कसरी व्यवस्थित रुपमा राख्ने जानकारी छैन ।

सङ्ग्रालयमा रहेका कर्मचारीले सामग्रीलाई हप्तामा एक पटक सफा गर्ने गर्दछन् । यसरी सफा गर्दा ती सामग्री खुइलिँदै जाने गरेका छन् । ती सामग्रीमा रसायन प्रयोग गर्दा सामग्रीसमेत पहिल्यैकै जस्तो देखिने गरी राख्न सकिने विधि अवलम्बन गरिएको छैन ।

प्रमुख श्रेष्ठले पुरातत्वविद भएका भए ती महत्वपूर्ण सामग्रीलाई सुरक्षित तरिका राख्न सकिने बताउनुभयो । पुरातत्वविद नहुँदा राजसंस्थाले प्रयोग गर्ने ती सामग्रीलाई व्यवस्थित रुपमा संरक्षण गर्न नसकिएको सङ्ग्रालयका शाखा अधिकृत अर्चना खड्काले जानकारी दिनुभयो ।

सङ्ग्रालयभित्र रहेका राजाका चित्र, विभिन्न विशिष्ट पाहुनाले राजालाई दिएका उपहार स्वरुपका चित्रकला, गलैँचा, कुुर्सी, टेबल जस्ता सामग्रीको उचित संरक्षण हुन सकेको छैन । यसरी सफा गर्दा ती सामग्री राम्रो देखिएपनि खुइलिँदै गएका छन् ।

“सामग्रीलाई सुरक्षित राख्नका लागि विभिन्न रसायन प्रयोग गर्नुपर्ने हो”, उहाँले भन्नुभयो, ”तर हामीसँग कुन सामग्रीमा कस्तो रसायन प्रयोग गर्ने कुनै तरिका थाहा छैन, हामीले आफै कुनै रसायन हाल्दा ती सामग्रीको सौन्दर्य उड्ने डर हुन्छ, त्यसैले हामीले केही प्रयोग नगरी सफा गरेर मात्र राख्ने गरेका छाँै ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको सन्देश– तीन जिम्मेवारी बोध गर्दै अघि बढौँ

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com