ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट मजदूरी गरेर फर्किएका तीन नेपाली लुटिए, दुई सम्पर्कविहीन


admin

भीमदत्तनगर, २७ चैत । कञ्चनपुरमा नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो केही दिनयता भारतबाट रोजगारी गरेर घर फर्किने नेपाली लुटिने क्रम बढेको छ । नयाँ वर्ष (विशु पर्व) मनाउन भारतका विभिन्न शहरबाट मजदूरी गरेर फर्किरहेका नेपाली मजदूर सीमा क्षेत्रमा नेपाली तथा भारतीय लुटपाट गर्ने गिरोहको निशाना बनिरहेका छन् ।

भारतको अल्मोडाबाट मजदूरी गरेर फर्किने क्रममा मङ्गलबार बेलुकी भीमदत्तनगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा नेपालीबाटै मुगुको लिबू गाउँपालिका–२ का ५० वर्षीय लालबहादुर शाही, १९ वर्षीय राजेश शाही र १८ वर्षीय नवीन बुढा नगद र सामानसहित लुटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले ब्रह्मदेव क्षेत्रमा उनीहरुलाई जुसमा नशालु पदार्थ खुवाएर लुटपाट गरिएको जनाएको छ । तीनसित रहेको २५ हजार भारु, तीन थान मोबाइल र अन्य लत्ताकपडा लुटेराले लगेका छन् ।

“दुई नेपाली युवाले नै हामीलाई नजिकपर्छ भनेर टनकपुरहुदै ब्रह्मदेव पु¥याए”, शाहीले भन्नुभयो, “खाजा खाउँ भने जुस खाएको त तीन जना बेहोस भएछौं ।” केही समयपछि होसमा आएका शाहीले ब्रह्मदेव सिमा प्रहरीचौकीमा खबर गरेपछि उनीहरुको घटनास्थलबाट उद्दार गरिएको थियो । आज बिहान जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन आएका शाही बाहेक अन्य दुई भने अर्थचेत अवस्थामै थिए ।

प्रहरीले भने लुटेराहरुको खोजीकार्य भइरहेको जनाएको छ । उद्धार गरिएकालाई दातृ निकायको सहयोगमा घर पठाउने तयारी हुदैछ । तीनै जना गत मङ्सिर महीनामा रोजगारीका लागि भारत गएका थिए । त्यसैगरी कैलालीको मोहन्याल गाउँपालिका–२ का दुई युवक भारतबाट मजदूरी गरेर घरफर्किने क्रममा आज बिहानदेखि सीमावर्ती भारतीय बजार बनवासा क्षेत्रबाट सम्र्पक बिहीन भएका छन् ।

मोहन्याल–२ का रमित घर्ती र गगन रोकामगर चार लाख भारुसहित सम्र्पकबिहीन भएका हुन् । “बनवासाको पवन होटलसम्म हिजो बिहानसम्म आएको भन्ने छ, तर होटल साहुलाई सोध्दा टाँगामा महेन्द्रनगर गएको बताउँछन”, सम्र्पकबिहीन दुई युवकसँगै काम गरेका मोहन्यालकै मिलन रोकामगरले भन्नुभयो, “म अघिल्लो दिन यहाँ आइपुगे उनीहरु हरिद्वार पुग्दासम्म सम्र्पकै थिए ।”

सडकको काम गर्दै आएका करीब ६० मध्ये आफूसित ४२ जना घर फर्किएको मिलनको भनाइ छ । “साहुबाट पैसा लिनुपर्ने भएकाले रमित र गगन ढिलो हिँडेका हुन”, उहाँले भन्नुभयो । दुई दिनदेखि सम्र्पकबिहीन बनेपछि अभिभावक उनीहरुको खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय पुगेका छन् । प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले सम्र्पकबिहीन युवकद्वयको खोजीकार्य भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com