ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन वर्षीय बालिकामाथि यौन दुव्र्यवहार गर्नेलाई कैद


admin

गाईघाट, २७ चैत । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाकाको दमौटीमा एक तीन वर्षीय बालिकामाथि यौन दुव्र्यवहार गर्ने स्थानीय १५ वर्षीय बालकलाई जिल्ला अदालत उदयपुरले नौ महीनाको जेलसजाय फैसला गरेको छ ।

मङ्गलबार जिल्ला न्यायधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका यौन दुव्र्यवहार गर्ने १५ वर्षीय बालकलाई नौ महीनाको जेलसजाय फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताउनुभयो ।

विसं २०७५ भदौ ३० गते बालकले एक तीन वर्षीय बालिकामाथि यौन दुव्र्यवहार गरेपछि पीडितको अभिभावकको उजुरीमा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि बालक विरुद्ध जिल्ला अदालतमा यौन दुव्र्यवहार विरुद्ध मुद्दा चले पनि रु ५० हजार धरौटीमा बाल तारेखमा रिहा भएका थिए ।

तर मङ्गलबार जिल्ला अदालतले बालकलाई नौ महीना जेलसजायको फैसला गरेको जिल्ला अदालत उदयपुरले बताएको छ । मुलुकी अपराधसंहिता ऐन, २०७४ को दफा २२५ (१) का अनुसार यौन दुव्र्यवहार गर्ने विरुद्ध डेढवर्ष जेलसजाय हुने प्रावधान रहेको र उक्त १५ वर्षीय अभियुक्त बालक भएका कारण आधा सजाय हुनेगरी नौ महीना जेल सजाय तोकेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ । बालकलाई सजाय भुक्तानी गराउन नौ महीना सुधार गृहमा पठाइने पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com