ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले बनाएका घरले गाउँकै मुहार फेरियो


admin

डोटी, २७ चैत । कुनै बेला घिचिमिची तथा जताततै फोहर देखिने जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला तथा राजपुरस्थित ढोलपडा गाउँ हिजोआज निकै भिलिमिली र सफासुग्घर देखिन थालेको छ ।

झट्ट हेर्दा पर्यटकीयबस्ती जस्तो देखिने उक्त गाउँमा नेपाल सरकारको जनता आवास कार्यक्रमले स्थानीयवासीका घरनिर्माण गर्दा रमाइला देखिएका हुन् । गाउँभरीमा एकै नासका घर र एकै रङ्गका जस्तापाताले छाउँदा गाउँनै रमाइलो देखिएको राजपुरका बासिन्दा लोकेन्द्रबहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँभरिका घर एकै किसिमका र एउटै रङ्गका भएकाले यहाँका गाउँ अहिले सुन्दर र रमाइला भएका छन् ।” नता आवास कार्यक्रमले घर निर्माण गरेसँगै यहाँका स्थानीयवासीको व्यवहार, सरसफाइ तथा खानपिनमासमेत परिर्वतन आएको छ ।

अहिले ती गाउँका बालबालिका समेत नियमित स्कुल जान थालेका स्थानीयवासी बताउँछन् । घर निर्माणसँगै प्रत्येक घरमा निजी धारासमेत जडान गरिएका कारण यहाँका स्थानीयवासीले अहिले साग तरकारीलगायतका अन्यखेती गर्न थालेकास्थानीयवासी तथा नेकपाका नेता अशोक बरालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जमीन भए पनि पहिले पानी थिएन, अहिले घर-घरमा धाराभएका कारण स्थानीयवासी तरकारीलगायतका अन्यखेतीमा व्यस्त हुन थालेकाछन् ।” निर्माण गरिएका घर भूकम्पप्रतिरोधी समेत भएका कारण यहाँका स्थानीयवासी झनै ढुक्कका साथ आफ्नो घरमा रमाइरहेका पिपल्ला गाउँकी ६७ वर्षीया कन्थरी कामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले कच्ची घर थियो, सानो हावाहुरी आउँदा पनि डर लाग्थ्यो अहिले त पक्की घर छ, जस्तो हावाहुरी आए पनि डर लाग्दैन ।” पिपल्ला र ढोलपडा गाउँमा जनता आवास कार्यक्रमले घर बनाइदिँदा पिपल्ला र ढोलपडा गाउँका मात्रै २४ भन्दा बढी दलित घरपरिवार लाभान्वित भएका छन् ।

यहाँका गाउँका दुई दजर्न बढी विपन्न दलित घरपरिवारलाई सरकारले रु दुई लाख ३३ हजार ७०० को लागतमा दुई कोठे घर निर्माण गरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका डिभिजन प्रमुख झप्पसिंह विश्वकर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले विपन्न परिवारका लागि दुई कोठे घर, भान्सा र शौचालय बनाएका छौ, अहिले बस्तीको मुहार नै फेरिएको छ ।” विषेशगरी शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डडेल्धुरा र डोटीमा रहेका विपन्न दलिद परिवार तथा राउटे परिवारलाई लक्षित गरी जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यहाँका पहाडी जिल्लामा रहेका विपन्न तथा दलित परिवारका लागि घरनिर्माण भइरहे पनि डडेल्धुरा आमपानीका राउटे र दिपायलका वादीसमुदायसँग आफ्नो जमीन नभएकाले भवन निर्माण गर्नमा कठिनाई भएको डिभिजन प्रमुख विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “राउटे र वादी समुदायसँग एक टुक्रा पनि जमीन छैन, जमीन नहुँदा उनीहरु अनुदानबाट वञ्चित हुन थालेका छन्, जग्गा हुनेको हामी घर बनाउन रकम तत्कालै दिन्छौँ ।”

जनता आवास कार्यक्रमले आफुहरुका घरनिर्माण गरेको भन्दै पिपल्लाका विपन्न दलिद समुदाय निकै खुशी भएको स्थानीय कृष्णबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “घर नभएर कहाँ बसौं भन्ने थियो, सानो टहरोमा रात बिताउन बाध्य थियौं, अब त हामी पनि पक्की घरमा बस्न थाल्यौ, खुसी छौं ।”

पुराना तथा भत्किने अवस्थाका सबै घर हटाएर नयाँ तथा रङ्गीचङ्गी घर निर्माण भएपछि यहाँको दलिद बस्ती हेर्नलायक तथा आर्कषक भएको दिपायल पिपल्लास्थित गैराका स्थानीय वीरभान कामीले बताउनुभयो । उक्त कार्यालयक्रमले अछाममा १४, बाजुरामा १२, बझाङमा १०, डडेल्धुरामा सात घर निर्माण गरेको र केही घर निर्माणको प्रक्रियामै रहेको शहरी डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com