ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोनाद्धारा बालविवाह न्यूनीकरणका लागि अक्षयकोषको घोषणा


admin

बाबियाचौर, म्याग्दी, २३ असोज ।  प्रवासीले बालविवाह र बाल हिंसा न्यूनीकरणका लागि अक्षयकोष स्थापनाका गरेका छन् ।

रोजगार, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका प्रवासी म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तरराष्ट्रिय कार्यसमितिको दरवाङमा आइतबारदेखि शुरु भएको महाधिवेशन उद्घाटनका क्रममा अक्षयकोष स्थापनाको घोषणा गरिएको हो ।

जिल्लाको सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा र मानव विकासका लागि प्रमुख समस्या मानिएको बालविवाह र महिला हिंसाको समस्या न्यूनीकरणका लागि परिचालन गर्ने गरी अक्षयकोषको रकम परिचालन गरिने मोनाकी उपाध्यक्ष टीका गुरुङले बताउनुभयो ।

महाधिवेशन उद्घाटनका क्रममा उपस्थित अतिथि र सहभागीबाट अक्षयकोषका लागि रु २० लाखभन्दा बढी सहयोगको घोषणा भएको उपाध्यक्ष गुरुङले बताउनुभयो । अक्षयकोषका लागि मोनाले रु पाँच लाख, गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घले र उहाँकी श्रीमती जमुना घलेले रु पाँच लाख, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले रु पाँच लाख, उपाध्यक्ष भवन भट्टले रु दुई लाख सहयोग गर्नुभएको छ ।

महाधिवेशनको उद्घाटन गर्नुहुँदै गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले विदेशमा आर्जन गरेको सीप र स्रोतलाई नेपालको समृद्धिमा परिचालन गर्न चाहेको बताउनुभयो ।
उहाँले भूकम्प र विभिन्न प्राकृतिक प्रकोपमा परेका पीडितको राहत र पुनःनिर्माणका लागि प्रवासमा रहेका नेपालीले उल्लेख्य मात्रामा सहयोग गरेको बताउनुभयो ।

संस्थापक अध्यक्ष महतोले नेपालमा राजनीतिक परिवर्तनपछिको विकास र समृद्धिको अभियानमा गैरआवासीय नेपालीले सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो ।

महाधिवेशन उद्घाटनका अवसरमा एनआरएन उपाध्यक्ष भवन भट्ट, जमुना घले, कुल आचार्य, रञ्जु वाग्ले, त्रिलोक गुरुङ, अर्जुन श्रेष्ठलगायतले एनआरएनको अभियानलाई गाउँ केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सांसदत्रय नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानियाँले म्याग्दीको जलविद्युत्, पर्यटन र कृषि क्षेत्रको विकासका लागि लगानी भित्र्याउन पहल गर्न प्रवासी म्याग्देलीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा १ करोड सहयोगको घोषणा

बिहुँकोट हेल्प नेटवर्क यूकेको साधारण सभा :नयाँ कार्यसमिति अध्यक्षमा शिव कँडेल

समाजसेवी सुष्मा गुरुङ ‘इम्प्लोइ अफ द इयर २०२३’ बाट पुरस्कृत

मलेसियामा भारत र चीनका नागरिक भिसाबिनै प्रवेश पाउने

कियाचु अमेरिकाले मनायो बलिहाङ तङनाम

एकपटक काटेको गाँजबाट पुनः धान उत्पादन गर्न चीनलाई सफलता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com