ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश समृद्धिको दिशामा अगाडि बढेको छ : गृहमन्त्री थापा


एबीसी न्यूज

भक्तपुर, २० चैत । गृहमन्त्री रामबहादुर थापाले देश विकास र समृद्धिको दिशामा अगाडि बढेको बताउनुभएको छ । चाँगुनारायण नगरपालिकाले आज दुवाकोटमा आयोजना गरेको एकिकृत घुम्ती शिविरको उद्घाटन कार्यक्रममा उहाँले सरकार तीब्र गतिमा देशको विकास कसरी गर्न सकिन्छ भनेर लागि परेको बताउनुभयो ।

गृहमन्त्री थापाले भन्नुभयो, “सरकार देशलाई तीब्र गतिमा विकासलाई अगाडि बढाउन पञ्च वर्षीय योजना बनाउन लागि परेको छ, अबको पाँच वर्षमा देशको विकासलाई कसरी धेरैभन्दा धेरै उचाईमा लैजान सकिन्छ, अबको २५ वर्षमा देशलाई कस्तो बनाउन सकिन्छ भनेर लागि परेको छ ।” यसका लागि एकीकृत प्रयास आवश्यक रहेको आँैल्याउँदै उहाँले नेपालको गौरबलाई स्थापित गर्न र विकासलाई तीब्र गतिमा लैजान शान्ति, सुशासन र स्थायित्व आवश्यक भएको भनाइ राख्नुभयो । देशको तीनवटै तहको सरकारले सिंहदरबारका अधिकार गाउँगाउँमा पु¥याउने अभियान शुरु गरेको चर्चा गर्दै उहाँले यसको नमूना आजको शिविर भएकाले यसप्रकारको कार्यक्रमलाई नियमित र अन्य स्थानीय सरकारले पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले चाँगुनारायण इन्जिनीयरिङ कलेजको अनियमिततालाई नियन्त्रण गर्न र कलेजलाई सामुदायिक रुपमा सञ्चालन गर्न आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले भक्तपुरमा सरकारको शून्य लगानीमा हनुमन्ते सफाइ अभियान शुरु भएको बताउँदै जनताको सेवा गाउँगाउँमा पु¥याउन पनि भक्तपुरले अभियान सञ्चालन गरेको बताउनुभयो । त्यसअवसरमा जिल्ला समन्वय समितिका प्रमख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र लगायतले घुम्ती शिविरले जनतालाई गाउँ गाउँमा सिंहदरबार पुगेको अनुभूति भएको बताउनुभयो । एकीकृत वृहत घुम्ती शिविरमा यस नगरपालिकाको–१ देखि ९ सम्मका १० हजारभन्दा बढी नागरिकले विभिन्न सेवाहरु लिएका छन् ।

२४ जना विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले शिविरमा स्त्री रोग, बालरोग, हाडजोर्नी, नाक, कान, घाँटी रोग, दन्तरोग, आँखा रोग, जनरल मेडिसिन, छातिरोग, छालारोग, ग्यास्ट्रोलोजि रोग, सर्जिकल सेवा, प्राथमिक उपचार गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको नगरप्रमुख मिश्रले जानकारी दिनुभयो ।

शिविरमा नागरिकता, राहदानी, नाबालक परिचय पत्र, आदिवासी जनजाति प्रमाणपत्र, अपाङ्गता परिचय पत्र, ज्येष्ठ नागरिक परिचय पत्र लगायतका सेवा प्रवाह गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सेनाले जानकारी दिनुभयो । शिविरमा डिभिजन वन कार्यालय भक्तपुरबाट विरुवा वितरण, जनचेतनामूलक कार्यक्रम, डिभिजन खानेपानी कार्यालयबाट खानेपानीको शुद्धता परीक्षण, जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावली सङ्कलन, घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग दर्ता, नेपाल टेलिकमद्वारा ज्येष्ठ नागरिक, भूकम्प पीडित, स्वास्थ्य स्वयंसेविका, अपाङ, एकल महिला, दलित, विद्यार्थी, भूकम्प पीडितलाई निःशुल्क सिमकार्ड वितरण, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट भूकम्प पीडितको गुनासो व्यवस्थापन लगायतका सेवा प्रदान गरिएको छ ।

पशुसेवातर्फ नाम्ले र जुकाँको औषधि वितरण, गोबर परीक्षण, पशु स्वास्थ्य शिविर एवं परीक्षण, पुश बीमा एवं पुश व्यवसायसम्बन्धी जानकारी, कृषितर्फ माटो परीक्षण, खाद्य परीक्षण, बीउबिजन वितरण गरिएको प्रशासकीय अधिकृत तिम्सेनाले बताउनुभयो । वृहत सिकाइ शिविरतर्फ विपद् जोसखम न्यूनीकरण, सहकारी सेवासम्बन्धी जानकारी, नगरपालिकाले प्रदान गर्ने सेवा, विभिन्न निजी तथा सरकारी निकायबाट प्रदान गर्ने सिकाइ सेवा, सहकारी एवं स्थानीय उत्पादन सामग्रीहरुको प्रर्दशनी भएको थियो भने सबै सरकारी सेवा प्रदायक निकायको सार्वजनिक सुनुवाईसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले यो युद्ध कसरी हार्न सक्छन् ?

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पले यो युद्ध कसरी हार्न सक्छन् ?

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब-किताब हुन्छ

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब ४७ करोड

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ- कोइराला

जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com