काठमाडौं १८ चैत । बारा र पर्सामा आइतबार राति आएको भयानक हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ। अकल्पनीय रुपमा आएको हावाहुरीमा परी ३५ जनाले ज्यान गुमाइसकेका छन् भने ५०० भन्दा बढी घाइते भएका छन्।
प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका साथमा बारा सेनाको पुग्नु भएको छ । झापाको भद्रपुरबाट नेपाली सेनाको स्काइ ट्रकमार्फत प्रधानमन्त्री ओलीसहितको टोली सिमरा विमानस्थलमा ओर्लेर हावाहुरी प्रभावित क्षेत्रका जानुभएको हो ।
गृह जिल्ला झापाका पूर्व निर्धारित कार्यक्रम स्थगन गरेर प्रधानमन्त्री ओली हावाहुरीले ताण्डव मच्चाएका जिल्लाहरु बारा तथा पर्सातर्फ जानुभएको हो ।
प्रतिक्रिया दिनुहोस्