काठमाडौं , १८ चैत । बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख हरि पालका अनुसार २७ जना बारा र १ जनाको ज्यान पर्सामा गएको हो। हावाहुरीका कारण घरका छाना उडेका छन् भने विजुलीका पोल, रुख ढलेका छन्। अन्नवालीमा समेत ठूलो क्षति पुगेको छ।
घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।

प्रतिक्रिया दिनुहोस्