
काठमाडौँ, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आजबाट सुरु भएको दुईदिने लगानी सम्मेलनको शुक्रबार उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्रीले सम्बोधनको क्रममा लगानीको नाफाको सुनिश्चितताका लागि सरकारले मद्दत गर्ने समेत बताउनुभयो । उक्त सम्मेलनमा ४० देशबाट ६०० जनाभन्दा बढी विदेशी लगानी कर्ताको उपस्थिति रहेको छ । सम्मेलनमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था नेपाली नीजि क्षेत्र गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्ताको सहभागिता रहेको छ ।
सम्मेलनमा सहभागि म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुङ, विश्व बैकका उपाध्यक्ष हार्टविग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तर्गतको बहुपक्षीय लगानी प्रत्यभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केइको होण्डा, अन्तर्रा्ष्ट्रिय वित्त निगमका आर्थिक तथा नीजि क्षेत्र सम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एसियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालन सम्बन्धी उपाध्यक्ष डोङ ली, माइक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेलवे, डाबर युनिलिभर लगायतका उच्च पदस्थ पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली संग छुट्टा छुट्टै भेटवार्ता गरेका छन् ।
भेटवार्ताका क्रममा लगानीकर्ताहरुले आफुहरु नेपालमा लगानी गर्न इच्छुक रहेको र नेपालमा विगतको स्थायी सरकार निमार्ण भएको मा खुशि ब्यक्त गरेका छन् । विदेशि लगानी कर्ताहरुले उद्घाटन सत्र सकिए लगतै प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा ढुक्क भए लगानी गर्न आग्रह गर्नुभएको छ ।
दुई दिने सम्मेलनमा पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारबारे प्रस्तुतिकरण हुनेछ । त्यसैगरी नेपालमा लगानी गरिरहेका लगानीकर्ताको अनुभव, अन्तर्रा्ष्ट्रिय लगानीकर्ताको लगानी सम्बन्धी अनुभवसहित सातवटा विषयगत सत्र सञ्चालन हुनेछन् । दोस्रो तथा अन्तिम दिन दुईवटा क्षेत्रगत तथा तीनवटा प्लेनरी सत्रहरु सञ्चालन हुनेछन् ।



















प्रतिक्रिया दिनुहोस्