
काठमाडौं , १९ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शव श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने भएको छ ।
बिहान ८ बजे नेकपाको सचिवालय बैठक बसेपछि अधिकारीको पार्थिव शरीर केन्द्रिय कार्यालयमा राखिनेछ ।
अधिकारीको शनिबार राति ९ः३५ बजे ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएको थियो । नेकपाले प्रेस विज्ञप्ति जारी गर्दै उनको पार्थिव शरीर पार्टी कार्यालयमा बिहान ९ बजेदेखि १२ बजेसम्म राखिने जनाएको छ । श्रद्धाञ्जलीपश्चात पार्टी कार्यालयबाट शव यात्रासहित पशुपती आर्यघाट लगिने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्