ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अङ्ग दानको अभियानमा सहयोग पु¥याउन मन्त्री यादवको आग्रह


admin
फाल्गुन १८, २०७५ शनिबार  ३ : २९ बजे

चितवन, १८ फागुन । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मरणोपरान्त अङ्ग दानको अभियानमा सहयोग पु¥याउन सबैलाई आह्वान गर्नुभएको छ । 

नेपाल औषधि उत्पादक सङ्घले आज यहाँ आयोजना गरेको मरणोपरान्त अङ्ग दानको सामाजिक अभियानको शुभारम्भ गर्नुहुँदै अङ्ग दान महादान रहेको उल्लेख गर्नुभयो । 

अङ्ग दान सबैलाई गर्न आग्रह गर्दै उहाँले यस अभियानले धेरैको ज्यान बचाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “यस महान् कार्यमा हामी सबै लागौँ अभियानकै रुपमा लागौँ ।” नेपालमा उत्पादन हुने औषधिमा गुणस्तरीयता सुनिश्चितता गर्न आग्रह गर्दै मन्त्री यादवले यहाँ उत्पादन हुने औषधि निर्यात नहुने गरी नीति बन्न लागेको बताउनुभयो । उहाँले जति औषधि नेपालमा बन्दैन ती मात्र आयात गर्ने गरी नीति बन्ने स्पष्ट पार्नुभयो । 
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले महासङ्घको संञ्जालमार्फत अङ्ग दानका विषयमा देशव्यापीरुपमा जनचेतना फैलाउन सहयोग गर्ने बताउनुभयो । उहाँले नेपालको औषधि लेख्न चिकित्सकलाई आग्रह गर्दै उपचार पनि नेपालमा नै गर्न सबैलाई अनुरोध गर्नुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले गत वर्ष पाँच हजार मानिसको सडक दुर्घटनामा निधन भएको भन्दै ती सबैको अङ्ग प्रत्यारोपण गर्नसकेमा मात्र पनि अङ्ग सञ्चालन नभएका कारण अकालमा ज्यान जानबाट धेरैलाई जोगाउन सकिने बताउनुभयो । 

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले मन, बचन र कर्मले अङ्ग दानमा सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एक जना मस्तिक मृत्यु भएका व्यक्तिले आठ जना बचाउन सक्ने बताउनुभयो । उहाँले मुटु, कलेजो, आमाशय, सानो आन्द्रा, फोक्सो र मिर्गौला दान गरेर अरुको जीवन बचाउन सकिने बताउनुभयो । प्रत्यारोपण केन्द्रले छ वर्षमा ५८० जनाको अङ्ग प्रत्यारोपण गरेको बताउँदै उहाँले वर्षेनि करोडौँ रुपैयाँ अङ्ग प्रत्यारोपणका लागि विदेशिएको उल्लेख गर्नुभयो । 

सो अवसरमा औषधि उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष दीपकप्रसाद दाहाल र महासचिव प्रज्वलजङ्ग पाण्डेले सामाजिक उत्तरदायित्व बहन गर्दै सङ्घले सातौँ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो २०१९ का अवसरमा अङ्ग दान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँहरुले विश्वमा प्रतिष्पर्धा हुने गरी गुणस्तरीय औषधि उत्पादन गर्न नेपालीसक्षम रहेको बताउनुभयो । एक्स्पो शुक्रबारबाट शुरु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा बारामा आन्तरिक संकट: संगठन प्रमुख पवन चौधरीले दिए राजीनामा

भरतपुर विकास मोडेललाई संघसम्म विस्तार गर्ने रेणु दाहालको प्रतिबद्धता (भिडियो)

नवलपुर–१ मा माओवादी उम्मेदवार भुर्तेलको दाबी : “जित्ने हामी नै हौं, सिट र मत दुवै बढ्छ” (भिडियोसहित)

२९० कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार

पोखरा लेडी जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबिसी टिभीले गर्ने

दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com