
काठमाडौं,१८ फागुन । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा इमान्दार नेताहरु नभएको दावी गर्नु भएको छ ।
पूर्व राष्ट्रपति यादवले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, विपी कोइरालाजस्ता नेताहरु कोही भए आफूलाई देखाई दिन पनि चुनौति दिनु भयो ।
शनिबार डिल्लीबजार बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले ठेकेदार र पैसा लिएर सांसद बनाउने काम भईरहेकाले मुलुकमा इमान्दार राजनीति गर्नेहरुको अभाव रहेको तर्क पनि गर्नु भयो ।
पूर्व राष्ट्रपति यादवले राजनीति ठिक नभएकाले मुलुकको शैक्षिक क्षेत्रको पनि उचित विकास हुन नसकेको पनि स्पष्ट पार्नु भयो ।
पूर्व राष्ट्रपति यादवले मुलुकको भूगोल सुहाउँदो शिक्षाको आवश्यक्तामा पनि जोड दिनु भयो । उहाँले विज्ञहरुको सुझाव लिएर मुलुकको शिक्षा क्षेत्रको उचित विकासमा सरकारले आवश्यक कदम चाल्नुपर्ने पनि बताउनु भयो ।


















प्रतिक्रिया दिनुहोस्