काठमाडौं,१७ फागुन । ताप्लेजुङको फुङलिङ–१० स्थित हेलीकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ६ जनाको आज अन्त्येस्टि भएको छ ।

ताप्लेजुङ दुर्घटनामा मुलुकले उदीयमान नेता गुमाएको छ, होनहार युवा गुमाएको छ, राष्ट्र र राष्ट्रियताको सुरक्षाका जिम्मा लिएका अर्का राष्ट्रसेवक सिपाही गुमाएको छ । असामयिक निधन भोगेका दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली ।
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो,
मृत्युलाई न कसैले छेक्न सक्छ न कसैले टार्न सक्छ । कुन रुपमा आयो काल थाहा छैन, तर जे नहुनु थियो गराएर गयो । मुलुकको विकासको परिकल्पनाका साथ अघिबढेका युवाजोशको एकै चिहान बनाएर गयो । मुलुकले समृद्धिको खाका कोरिरहदा देशका कुना कप्चासम्म हवाइमार्गको पहुच बढाउने सपना बोकेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सदाका लागी अस्ताएका छन् ।
मुलकका आसालाग्दा युवा नेताको अवसान भएको छ । पर्यटनको बिकास मार्फत समृद्धिको खुड्कीलो वनाउदै गरेका उनको मृत्यु मुलुकका लागि अपूरणीय क्षती हो । मुलुकलाइ पर्यटकीय भूमिको रुपमा विस्तार गर्न सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उनको योजनाले गति लिनमात्र थालेको थियो । मुलुकमा पर्यटनको विकास गर्न पूर्वाधार निर्माणको तयारी गर्दै थिए उनी । समृद्ध पर्यटकीय नेपालको उनको सपनाले बल्ल मूर्तरुप लिंदैथियो । लामो राजनैतीक संघर्ष पश्चात देश र जनताका निम्ती केही गर्ने अवसर प्राप्त भएको थियो ।
तर सवैलाई रुवाएर विदाभएका छन् यस संसारबाट सदाका लागि । नेपाल नागरिक उड्डयन प्रधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधिकरणकै निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरीङ शेर्पा, मन्त्री अधिकारीका अंगरक्षक जमदार अर्जुन घिमिरे सहितको टोली लिएर ताप्लेजुङको चुहानडाडामा विमानस्थल निर्माणको सम्भाव्यता अध्यन गर्न पुगेका थिए । फर्कने क्रममा हेलीकप्टर दुर्घटनामा क्याप्टेन प्रभाकर केसी सहीत सवैले ज्यान गुमाए । परीवार, आफन्त र सिंगो देशलाइ नै शोकमा डुवाइ अनीहरु सदाका लागी विदा भए यस धर्तिवाट ।
अव सम्झनामा मात्र सिमीत भएका छन् उनिहरु । देशले सदैव सम्झनेछ मन्त्री अधिकारीको देन, उनिहरु सदैव नेपालीको स्मृतीमा रहिरहनेछन् । उनीहरुले अधुरै छाडेको काम पूरा गर्नु अब सबैको दायित्व भएको छ । श्रद्धासुमन ती दिवंगत आत्माप्रति ।
प्रतिक्रिया दिनुहोस्