ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताप्लेजुङको आकाशबाट अस्ताएका आङछिरिङ


एबीसी न्यूज


काठमाडौँ, १७ फागुन । तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्कने क्रममा बुधवार पर्यटन मन्त्री रविन्द्र अधिकारीसँगै हेलिकोप्टर दुर्घटनामा परी निधन भएका आङ छिरिङ शेर्पा चर्चित सगरमाथा आरोही स्व. पासाङ ल्हामु शेर्पाका साँहिला देवर हुन् । सुरुमा आङछिरिङ आफैं ट्रेकिङ जान्थे । सुरुमा दाजुभाइ मिलेर ट्रेकिङ एजेन्सी खोलेका थिए । पछि त्यसैलाई फैलाउँदै थामसेर्कु नामको ठूलो कम्पनी बनाए । त्यसै कम्पनी मार्फत पयर्टन क्षेत्रमा उदाएका तारा ताप्लेजुङको आकाशबाट अस्ताएका छन् ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरीभन्दा दूरदराजको पाङ्बोचे गाउँका युवा काम खोज्न लुक्ला र नाम्चे पुग्थे । शेर्पा युवाबीच नाम्चे पुगेर विदेशी पर्यटकको ‘पोर्टर’ बन्ने होडबाजी चल्थ्यो । यो सन् १९७० को उत्तराद्र्धतिरको कुरा हो । आङछिरिङ शेर्पा त्यही पाङ्बोचेमा जन्मिए, हुर्किए । ट्रेकिङ एक्स्पेडिसनमा ‘किचेन ब्वाई’ भए । पर्यटकको भारी बोके ।

फरक यो भयो कि संघर्षको गह्रौं भारीले उनलाई थिच्न सकेन । झन् संघर्षशील बनायो, स्वप्नदर्शी युवामा रुपान्तरण ग¥यो । उनी फैलिन चाहन्थे, त्यसैले सपनाको गारेटो पछ्याउँदै उनी काठमाडौं आए । जहाँबाट उनको जीवनको अर्को अध्याय शुरु भयो ।
भारी बोक्ने, पर्यटक घुमाउने र हिमाल चढाउने सीप भएका शेर्पा दाजुभाइले त्यही सीपलाई व्यवसाय बनाउँदै २०४५ सालमा थामशेर्कु ट्रेक तथा एक्सिडिसन् कम्पनी खोले ।
पर्वतारोहणमा थामशेर्कुले उल्लेखनीय प्रगति हासिल गरेपछि शेर्पा दाजुभाइले पर्यटन क्षेत्रसँग जोडिएका विभिन्न क्षेत्रमा व्यवसाय विस्तार गरे ।

अहिले शेर्पा परिवारको स्वामित्वमा एयरलाइन्सदेखि ट्रेकिङ कम्पनी, ट्राभल एजेन्सी र होटल तथा रिसोर्टहरू छन् । पछिल्लो समय सुपरमार्केट र जलविद्युत क्षेत्रमा पनि लगानी विस्तार गरेका छन् । सन् १९९८ मा स्थापित यति एयरसँग ३ वटा एटिआर र ६ वटा जेटस्ट्रिम गरी ९ वटा जहाज छन् । यो एयरलाइन्स सञ्चालनले पर्यटन क्षेत्रमा आङछिरिङको व्यावसायिक साख बढाएको थियो । आङछिरिङले आफ्नो नेतृत्वमा सन् १९९८ यति एयरलाइन्स स्थापना गरे। त्यतिबेला नेपालका दुर्गम र सुगम दुवै क्षेत्रमा उडान गर्ने यो एक मात्र वायु सेवा थियो । पछि उनले दुर्गमका लागि भनेर छुट्टै तारा एयर समेत स्थापना गरे। आङछिरिङको संलग्नता आन्तरिक उडानमा मात्र सीमित भएन । महत्वाकांक्षासहित अघि बढेका आङछिरिङले अन्तर्राष्ट्रिय एयरलाइन्समा पनि उपस्थिति जमाएका छन्, हिमालयन् एयरलाइन्स मार्फत् ।

हिमालयन् एयरलाइन्समा आङछिरिङको ५१ प्रतिशत शेयर छ । शेर्पाको यो व्यावसायिक सञ्जालमा करिब ५० अर्ब रूपैयाँको सम्पत्ति रहेको उनको अनुमान छ । यति वल्र्डको सञ्जाल बाहिरबाट हेर्दा आङछिरिङले मात्र सम्हालेको देखिन्छ । तर, वास्तवमा यो कम्पनी उनको पारिवारिक स्वामित्वमा छ । उनले पर्यटन उद्योगमा ३० अर्बभन्दा बढी लगानी गरेका तिनै आङछिरिङ शेर्पाको बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।

सोलुखुम्बुको साविक जुविङ (पासाङ ल्हामु गाउँपालिका) मा सन् १९६४ अक्टोर ४ मा जन्मिएका उनले ५५ वर्षको उमेरमा निधन हुनुभन्दा अघि ट्रेकिङ, वायुसेवा, ट्राभल, होटल क्षेत्रमा आफ्नो बलियो साम्राज्य खडा गरेका छन् । जीवनको रफ्तार व्यवसायमा केन्द्रित गरेका आङछिरिङ सधैँ लो प्रोफाइलमा बसे । मिडियाले खोज्दा उनी आक्कल झुक्कल बाहेक उपलब्ध हुँदैनथे । कतिसम्म भने उनको तस्विर गुगल सर्चमा समेत भेटिँदैन । यही कारण हो बुधबार उनको निधन हुँदा धेरै मिडियाले फोटो पाउन सकेनन् वा गलत फोटो पोष्ट गरे ।
उनी बाहिरबाट उनी कठोर निर्भिक, स्वाभिमानी देखिन्थे । भित्रबाट करुणा, दया र प्रेममयी रहेको उनका दाजु बताउंछन् ।

तर शेर्पा परिवारलाई जसरी सफलताले पछ्यायो त्यसैगरी विपतले कहिल्यै छोडेन । जेठादाजु सोनामकी जेठी पत्नी पासाङ ल्हामुुको सन् १९९३, अप्रिलमा सगरमाथा आरोहणबाट फर्किने क्रममा निधन भयो । उनी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् ।

कान्छोभाई आङटेण्डी पनि हवाइ दुर्घटनामै परेर बिते । सन् २०१३ मा जेठा दाजु सोनाम र उनकी कान्छी पत्नी पनि लुक्लामा हेलिकोप्टर दुर्घटनामै परे । उनीहरुको सकुशल उद्दार भयो । कस्तो संयोग! कान्छोभाई (आङटेण्डी) र माइलोभाई (आङछिरिङ) दुवैको मृत्युको कारक एउटै थियो— हेलिकोप्टर दुर्घटना । पर्यटन व्यवसायीमाझ सबैभन्दा अग्रणी पहिचान बनाएका शेर्पाको निधनले पर्यटन क्षेत्रमा सधै उनको अभाव खट्किरहने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com