ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा पर्यटन व्यवसायीद्वारा पर्यटनमन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त


admin
फाल्गुन १७, २०७५ शुक्रबार  ३ : ०३ बजे


चिप्लेढुङ्गा, १७ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको अकल्पनीय निधनमा पोखराका पर्यटन व्यवसायीले दुःख व्यक्त गरेका छन् । 

विसं २०७४ को सङ्घीय संसद्मा कास्की क्षेत्र नं २ बाट निर्वाचित अधिकारी लगातार तेस्रो पटक निर्वाचित भएर मन्त्री बन्नुभएको थियो । गण्डकी प्रदेशको राजधानी र पर्यटकीय नगरी पोखराका बासिन्दासमेत रहनुभएका विकासप्रेमी नेता अधिकारीको ताप्लेजुङमा जहाज दुर्घटनामा निधन भएपछि पोखरेली पर्यटन व्यवसायीले अपूरणीय क्षति भएको बताएका छन् । 

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)का गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेल मन्त्री अधिकारी वर्तमान विश्व परिप्रेक्षमा विकसित देशसँग नेपालको पर्यटनलाई कसरी जोड्न सकिन्छ भनेर अध्ययन गर्ने एक बौद्धिक नेता रहेको बताउनुहुन्छ । आलोचनाका बीचमा पनि आफ्नो लक्ष्य हासिल गर्न निरन्तर उही गतिमा लागिरहने एक दूरदर्शी अधिकारी जस्तो नेता जन्माउन पोखराले अब धेरै वर्ष कुर्नुपर्ने हुन सक्दछ । 

पर्यटनको माध्यमबाट मात्र नेपालको समृद्धि सम्भव छ भनेर पर्यटनको महत्व बुझेको व्यक्तित्व पर्यटन मन्त्री हुँदा विभिन्न महत्वाकांक्षी योजनाहरुको थालनी भइसकेका छन् । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन लाग्नु पोखराको मात्रै नभएर सिङ्गो राष्ट्रिय गौरवको आयोजनाले उहाँकै कार्यकालमा गति लिएको छ । 

‘‘मन्त्री अधिकारीको निधनले पोखरेलीको शान र धरोहर नै गुम्न पुग्यो’’ ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेल भन्नुहुन्छ, ‘‘उहाँको निधनले नेपाल र पोखराको पर्यटन क्षेत्रमा अपूरणीय क्षति भएको छ ।’’ 

नेपाल सरकारको भ्रमण वर्ष २०२० र गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष २०१९ को घोषणा गरेको छ । मन्त्री अधिकारीको गृह नगरी पोखरा आफैँमा पर्यटकीय शहर हो यसको विकासमा उहाँले विशेष चासो र सक्रियता देखाउनु भएको थियो । 

पर्यटनलाई नै समृद्धिको आधार बनाएर सम्भावनाको खोजी गर्दै अघि बढ्नुभएका मन्त्रीले ट्रेकिङ क्षेत्रलाई सुधार्न पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । विकासप्रेमी र पछिल्लो पुस्ताका लागि पनि एक आशलाग्दो नेताको रुपमा आफ्नो छवि बनाउँदै जानुभएका अधिकारीको मृत्युलाई यतिबेला स्वीकार्न गाह्रो भएको छ । 

द्वन्द्व र भूकम्प अनि नाकाबन्दीको मारमा परेको पर्यटन क्षेत्रलाई नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवद्र्धनका कार्यक्रमको थालनी गरेर पर्यटन व्यवसायीलाई आशाको किरण छर्दै गर्नुभएका मन्त्री अधिकारी जस्तो नेता पाउन अब वर्षौ कुर्नुपर्नेछ । 

संसद्को विकास समितिमा रहँदा नेपालमा विकासको बहसलाई नयाँ उचाइमा पु¥याउन सफल अधिकारीले राष्ट्रिय गौरवका योजना र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशील रहेको बताउनुहुन्छ पर्यटन बोर्डको पूर्व सदस्य एवं पर्यटन विज्ञ टोली सदस्यसमेत रहनुभएका वासु त्रिपाठी । उहाँ भन्नुहुन्छ, “अधिकारी पर्यटनमन्त्री बनेसँगै पोखराले पनि सङ्घीय सरकारको तर्फबाट पर्यटन विकासमा धेरै आशा राखेको थियो ।’’ 

पोखरालाई विश्वकै उत्कृष्ट शहर बनाउने लक्ष्यसहित विभिन्न बाधा अवरोध र आलोचनालाई चिर्दै अविचलित अघि बढेका पाइला एकाएक गुम्यो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल, चक्रपथ, काठमाडौँ–पोखरा– लुम्बिनी द्रुत मार्ग, काठमाडौँ पोखरा रेल्वे, मध्यपहाड़ी राजमार्गजस्ता पूर्वाधार निर्माणको दबाब सिर्जना गर्दै जनताले अनुभूति गर्ने गरी रफ्तारमा काम गर्नुभएको थियो । आफूमाथि पछिल्लो समय लागेका कतिपय आरोप झुट्टा थिए भनेर देखाउन पनि नपाई उहाँको भौतिक शरीर हामीबाट विलिन भयो । इतिहासले पक्कै पनि उहाँको मूल्याङ्कन गर्नेछ । 

महिला पर्यटन व्यवसायी मञ्चका (ओटेफ)का अध्यक्ष जमुना पराजुली रवीन्द्र अधिकारी पोखराको गर्व गर्ने र पोखराको ‘ब्राण्ड’सँग जोडिएको राजनीतिक नाम भएको बताउनुहुन्छ । हँसिलो अनुहार र मिलनसार स्वभावले अनि फरक विचार राख्ने पार्टीका जनताको पनि मन जित्नसक्ने खुबी मन्त्री अधिकारीमा थियो । आज उहाँको मृत्यु सत्य हो भन्न अझै पनि गाह्रो भएको छ । 

गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) अध्यक्ष रवीन्द्रराज पौडेलले मन्त्री अधिकारीको अप्रत्यासित हवाइ दुर्घटनाबाट भएको निधनले पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभयो । पर्यटन क्षेत्रको बृहत्तर विकास योजनासहित ग्रामीण पर्यटन प्रर्वद्धनमा समेत विशेष पहल गर्नुभएका मन्त्री अधिकारीको निधनसँग हामीले देखेका धेरै सपना पनि अधुरो भएका छन् । 

ग्रामीण पर्यटन र संस्कृति संरक्षण प्रवद्र्धनमा उहाँले दीर्घकालीन योजना सुनाउनु हुन्थ्यो । पोखराको पर्यटन विकास, ग्रामीण बाटो, ताल तलैयाको संरक्षणको क्षेत्रमा उहाँको भूमिका थियो । समृद्ध नेपाल खुशी नेपालीको नारालाई सार्थक बनाउन पर्यटनको जग बलियो बनाउनुपर्छ र पिलर ठडाउनुपर्छ भन्ने एक कुशल अभिभावक हामीले गुमायौ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनमा खटिएका एक प्रहरीको मृत्यु

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

निर्वाचनमा खटिएका एक प्रहरीको मृत्यु

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

ओलीको पत्र बोकेर घर–घरमा एमाले: झापा–५ मा ‘व्यक्तिगत भेट’ केन्द्रित चुनावी रणनीति

रास्वपामा टिकट विवाद चर्किँदै: नवलपरासी–१ मा सभापतिले दिए राजीनामा

रास्वपा बारामा आन्तरिक संकट: संगठन प्रमुख पवन चौधरीले दिए राजीनामा

भरतपुर विकास मोडेललाई संघसम्म विस्तार गर्ने रेणु दाहालको प्रतिबद्धता (भिडियो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com