चितवन, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर तीनले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाप्रति शोक व्यक्त गरेका छन् ।
प्रदेश न ३ का अध्यक्ष नारायण दाहाल र सचिव आनन्द प्रसाद पोखरेलद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तीसहित शोक व्यक्त गरेका हुन ।
विज्ञप्तमा भनिएको छ हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री तथा हाम्रा पार्टीका केन्द्रिय सदस्य रविन्द्र अधिकारी, यति एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको खवरले हामी अत्यान्तै स्तब्ध भएका छौँ ।
यस दुर्घटनाबाट मुलुकमा अपुरणिय क्षती भएको छ । मुलुकमा स्थापित विकास प्रेमी संघिय लोकतान्त्रित गणतन्त्र प्रति सदा समर्पित योग्य र कुशल जनप्रतिनिधि गुमाएको छ । मृतक सबै प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तहरु प्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्