काठमाडौ,१३ फागुन । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल र्पुयाइएको छ ।
पोस्टमर्टमका लागि एउटा शवलाई एक घण्टा लाग्ने भएकोले गर्दा सबै जनाको पोस्टमर्टम आज नहुने बताइएको छ ।
पोस्टमर्टमका लागि डा.रामप्रसाद उप्रेतीलगायत सात जनाको टोली खटेको अस्पतालले जनाएको छ । टोलीका सदस्य उप्रेतीले कतिपय शव नचिनिने अवस्थामा रहेकाले डीएनए परीक्षणमार्फत पनि छुट्याउनु पर्ने भएकाले त्यसका लागि थप समय लाग्ने बताउनुभयो ।
त्यसैले आजै पोस्टमर्टमको रिपोर्ट दिएर शव निकाल्ने अवस्था नरहेको भन्दै उहाँले रातभर परीक्षण गरेर भोलि बिहान मात्रै शव दिन सकिने सम्भावना रहेको बताउनुभयो ।
बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङमा एयर डानेस्टीको हेलिकप्टर दुर्घटना हुदाँ मन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्