ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले–माओवादी एकताको भित्रि रहस्य र ओली–प्रचण्डको टफ सेक्रेट संवाद


admin
आश्विन १९, २०७४ बिहीबार   ११ : ३०   बजे

काठमाडौं, १९ असोज । भनिन्छ, राजनीति सम्भावनाको खेल हो । यहाँ धेरै असम्भवहरु पनि सम्भव हुन्छन् । हो, यो भनाइ फेरी एक पटक पुष्टी भएको छ । नेपाली राजनीतिमा वामपन्थी धारका धेरै राजनीतिक दल छन् । कोही अस्तित्व गुमाउने अवस्थामा छन भने कोही वामपन्थी धारबाट प्रजातान्त्रिक बन्ने क्रममा छन् । तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेपालको सन्दर्भमा दुई प्रतिस्पर्धी वामपन्थी दल हुन ।

यी दुई दलबीच एकता कसैले पनि कल्पना गरेका थिएनन् अथवा सम्भव देखिएको थिएन । यद्यपि, लामो समयदेखी एमाले–माओवादी एकताको प्रयत्न भने चलेकै थियो । तर, दुई दलबीचको शक्ति सन्तुलन नमिल्दा लामो समय एमाले–माओवादी एकताले सार्थकता पाउन सकेन । भनिन्छ, राजनीतिमा बाध्यात्मक परिस्थितिले एकता र फुटको वातावरण बन्छ । हो, यस्तै परिवेशमा एमाले–माओवादी एकता प्रारम्भ भएको छ ।

माओवादी नेताहरुले जनयुद्धको परिकल्पना गर्दा एमाले नेताहरु नेपालमा जनयुद्ध सम्भव होला भनेर सोचेका थिएनन् । किनकी, माओवादी भन्दा पहिले नै को–अडिनेसन कमिटिको नाममा उठेको हतियार बिसाइएको थियो । यसको मतलव थियो, नेपालमा सशस्त्र क्रान्ति सम्भव छैन । तर, माओवादीले सशस्त्र संघर्षको सम्भावना देख्यो र जनयुद्धको थालनि भयो । एक दशकसम्म चलेको जनयुद्धले नेपालमा तत्कालिन नेकपा माओवादीलाई एक अभिन्न राजनीतिक शक्तिको रुपमा स्थापित गर्‍यो ।

हरितयार बिसाएर माओवादी शान्ति प्रकृयामा आउने बिक्तिकै २०६४ सालमा संविधानसभाको निर्वाचन सम्पन्न भयो । पहिलो संविधानसभाको निर्वाचन मार्फत माओवादी पहिलो शक्तिको रुपमा स्थापित भयो । माओवादी जनयुद्ध सकेर शान्तिपूर्ण राजनीति आउँदासम्म नेकपा एमाले माओवादीलाई वैकल्पीक राजनीतिक शक्तिको रुपमा स्वीकार्न तयार थिएन । तर, शान्ति प्रकृयामा आएदेखी नै माओवादी एउटै शक्तिशाली कम्युनिष्ट केन्द्र स्थापनाको लाइनमा थियो ।

पहिलो संविधानसभाको निर्वाचन हुनु अगाडी २०६४ सालमा काभ्रेको कामीडाँडामा सम्पन्न माओवदीको बहुचर्चित बैठकले एउटै शक्तिशाली कम्युनिष्ट केन्द्र स्थापना गर्ने महत्वपूर्ण निर्णय गरेको थियो । जुन निर्णयपछि माओवादीको हरेक बैठकमा शक्तिशाली कम्युनिष्ट केन्द्र स्थापना गर्ने सपनाले निरन्तरता पायो । पहिलो संविधानसभा निर्वाचन सम्पन्न भएपछि माअमोवादीले कामीडाँडा बैठककै लाइनमा मुख्य प्रतिस्पर्धी वामपन्थी दल नेकपा एमालेसँग पार्टी एकताको प्रस्ताव राख्यो ।

माओवादी प्रस्तावपछि एमालेभीत्र पार्टी एकताबारे गहन छलफल भयो । तर, तत्कालिन समयमा नेकपा एमालेले माओवादी निरन्तर शक्तिमै रहन नसक्ने निष्कर्ष निकाल्दै तत्काल पार्टी एकता नगर्ने निर्णय गर्‍यो । त्यो समय नेकपा एमालका केही नेताले आगामी निर्वाचन मार्फत माओवादी सकिने अनुमान गरेका थिए । त्यही अनुमानको भरमा एमाले–माओवादी एकता रोकिएको थियो । तर, दोस्रो संविधानसभा निर्वाचन मार्फत तेस्रो दलको रुपमा आफुलाई उभ्याउँदै माओवादी बलियो र निर्णायक शक्तिका रुपमा स्थापित भयो । माओवादी शक्तिमै रहनु एमाले स्वयमकै लागि राजनीतिक रुपमा घाटा थियो । त्यसपछि मात्र नेकपा एमाले पार्टी एकता गर्ने सोचमा पुग्यो ।

एमालेका लागि माओवादी सधैको प्रतिस्पर्धी दलको रुपमा स्थापित भएपछि एमाले–माओवादी एकताको वहसले फेरी स्थान पायो । एमाले समेत एउटै कम्युनिष्ट पार्टी स्थापना गर्न तयार भएपछि ओलीलाई प्रधानमन्त्री बनाउन नेकपा माओवादी केन्द्र तयार भयो । २०७२ साल बैसाखमा एमाले–माओवादीबीच १६ बुँदे सहमति भयो । र, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भए । पार्टी एकता गर्ने सहमति सहित ओली प्रधानमन्त्री भएपछि ओली–प्रचण्डबीचको सम्बन्धमा ऐतिहासिक निकटता छायो । ओली प्रचण्ड हरेक निर्णयमा एकमुख भएका थिए । तर, नेकपा एमाले फेरी पुरानै अवस्थामा युट्रन भएपछि माओवादी–एमाले सम्बन्धमा फेरी चिसोपन बढ्यो ।

एमाले–माओवादी सत्ता समिकरण फेरी बदलियो । र, माओवादीले एमालेसँगको समिकरण तोड्दै कांग्रेससँग नयाँ समिकरण बनायो । त्यसपछि प्रचण्ड प्रधानमन्त्री भए । प्रचण्ड प्रधानमन्त्री बन्ने बेलामा कांग्रेस–माओवादीबीच भएको सहमति अनुसार नै प्रचण्डपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका हुन् । जुन समिकरणका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले पनि प्रधानमन्त्री नै छन् । सहमति कार्यान्वयनमा एमाले इमानदार हुन नसकेपछि माओवादीले सत्ता समिकरण बदलेपछि ओली–प्रचण्ड फेरी पुरानै शैलिमा आरोप प्रत्यारोपमा तल्लिन भए । त्यति मात्र होइन ओली–प्रचण्डबीच लामो समय संवाद नै टुट्यो ।

निर्वाचनको परिणाम एकताको सुत्रधार
ओली–प्रचण्डबीच सम्वाद टुटेकै बेला स्थानीय तहको निर्वाचन घोषणा भयो । सत्ता बाहिर रहेको एमालेका लागि पहिलो चाहना नै निर्वाचन थियो । आफ्नै चाहना अनुरुप माओवादीले निर्वाचन घोषणा गरेपछि माओवादी–एमालेबीचको तिक्तक केही कम भयो । त्यही बेला केही बाम एकताका शुभेच्छुकहरुले ओली प्रचण्डको सम्वाद र भेटघाट जारी राख्न सुझाएपछि उनीहरु सहमत भए ।

एमाले प्रतिपक्षमै रहेको बेला निर्वाचन घोषणा भएपछि एमाले अध्यक्ष ओलीले बारम्बर भनेका थिए : सरकार निर्वाचन सम्पन्न गर्न दृढ होस् प्रतिपक्षको तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार छौं । निर्वाचन सम्पन्न गर्न जस्तोसुकै सहयोग गर्न तयार रहेको एमाले अध्यक्ष ओलीको बारम्बारको उद्घोषले माओवादी–एमाले सम्बन्धमा न्यानोपनको आभास हुन थालेको थियो । त्यतिकैमा निर्वाचन सम्पन्न भयो । तर, स्थानीय तहको निर्वाचन एमाले–माओवादी दुबैका लागि अनपेक्षित बन्यो । स्थानीय तह निर्वाचनको मतपरिणाम नै एमाले–माओवादी एकताको सुत्रधार बन्न पुगेको छ । नेकपा एमाले स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा दुई तिहाई बहुमत आउने निष्कर्षमा थियो ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेकै पक्षमा जनमत देखियो । तर, दुई नम्बर प्रदेशको निर्वाचनमा एमाले नराम्ररी पराजित भयो । नेकपा माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बन्ने निष्कर्षमा पुगेको थियो । तर, मतपरिणामले माओवादीलाई तेस्रो शक्तिमा पुर्‍यायो । यसरी वामपन्थी धारका दुबै दलले सोचे विपरित परिणाम व्यहोरेपछि भने दशक पुरानो माओवादी–एमाले एकताको कथनले सार्थकता पाएको छ । लामो समयको प्रयासपछि सफल एमाले–माओवादी एकताले नेपाली राजनीतिमा राजनीतिक स्थीरताको संकेत गरेको छ । त्यति मात्र होइन नेपाली राजनीति नयाँ र सकारात्मक संचार समेत प्रभाह समेत भएको छ ।

टफ सेक्रेटमा एकता संवाद सम्पन्न
नेपालमा राजनीतिक दलबीच फुट र एकता सामान्य जस्तै लाग्छ । पार्टी फुट्ने बेला होस या एक हुने बेला, ठूलै हो–हल्ला हुन्छ । तर, एमाले–माओवादी एकता छापामार शैलिमै भयो । यतिसम्म की, माओवादी–एमाले एकताबारे दुबै पार्टीका थोरै नेतालाई मात्र थाहा थियो । यसको मतलव, एमाले–माओवादी एकताको एक्सरसाइज टफ सेक्रेटमा सम्पन्न भएको छ । ओली र प्रचण्डले बैशाखबाट सुरु गरेको एकता वार्ताले दशैंको शुभ साइतमा पूर्णता पाएको छ । दुवै नेताले दशैंको दिन विहानको लामा वार्तापछि एकता गर्ने सहमति गर्दै ओलीले बालकोटमा र प्रचण्डले लाजिम्पाट पुगेर पहिलो पटक दशैंको टिका लगाएका थिए ।

दशैंको भोलिपल्ट ओलीले एमाले स्थायी समितिलाई एकताको सरप्राइज दिए भने प्रचण्डले त्यसको भोलिपल्ट सचिवालय बैठकमा व्रिफिंग गरेका थिए । यो एकतामा बामदेव गौतम, विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ र जनादर्न शर्माले आआफ्नै धुनमा एकताको पहल र बार्तालाप गरिरहेका थिए । तर यति चांडै ओली र प्रचण्ड एकताका लागि तयार होलान भन्ने उनीहारुलाई पनि विश्वास थिएन । ओली प्रचण्ड सम्वाद अनौपचारिक रुपमा उनीहरुका केही शुभेच्छुकलाई बाहेक कसैलाई नभनिएको एमाले अध्यक्ष केपी ओलीले बताएका छन् ।

बाबुराम भट्टराईको युट्रन
माओवादी–एमाले एकताको प्रयास जारी रहेकै बेला तत्कालिन माओवादी उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी परित्याग गरेर नयाँ शक्ति नेपाल नामक पार्टी स्थापना गरे । तर, नयाँ पार्टी जीवन सुरु गरेपछि पहिलो निर्वाचन फेस गरेका बाबुराम नराम्रोसंग पराजित भए । स्थानीय तहको निर्वाचनमा दुई स्थानीय तह मात्र जितेका बाबुराम भट्टराई कुनै पार्टीमा सहज विलयको अवसर खोजिरहेका थिए ।

नयाँ शक्ति संयोजक भट्टराईका लागि माओवादी–एमाले एकता सबैभन्दा उत्तम अवसर बन्न पुग्यो । त्यसैले, वामपन्थी वैचारिक लाइन नै त्यागेका डा. भट्टराई फेरी एक पटक एउटा शक्तिशाली कम्युनिष्ट पार्टी गठन गर्ने अभियानमा सहभागी भएका छन् । बाबुराम भट्टराई समेतको सहभागीताले एमाले–माओवादीको एउटै कम्युनिष्ट पार्टी गठन गर्ने अभियानमा इटा थपिएको छ ।

नेपालको राजनीतिमा वाह्य शक्तिको अधिक चलखेल हुने गरेको छ । त्यसैले, कुनै पनि बेला कुनै पनि तयारीले फरक मोड लिनसक्छ । प्रचण्ड र केपी ओली दुबैले यो विडम्बनापूर्ण परिस्थितको सामना गरिसकेका छन् । त्यसैले, यस पटक माओवादी–एमाले एकताको प्रयासमा दुबै दलका नेताले टप सेक्रेसि मेनटेन गरेका छन् । त्यसैले माओवादी–एमाले एकता घोषणा भएको छ । यो एकता स्वयम माओवादी–एमालेका लागि महान र ऐतिहासिक काम हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

सम्बन्धित

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

क्युबामा ट्रम्पको ‘म्याक्सिमम प्रेसर’: शासन पतनको संकेत वा भू-राजनीतिक भुल?

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

चीनले कसरी आफ्नो गलत मूल्याङ्कन गर्छ :फरेन अफेयर्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group