ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी


admin
फाल्गुन १६, २०७५ बिहीबार   २ : १२   बजे


हनोई, १६ फागुन । उत्तर कोरियाका नेता किम जोङ अन प्योङयाङमा अमेरिकी स्थायी कुटनीतिक नियोग खोल्न सकारात्मक रहेको बताउनुभएको छ । नेता किमले अमेरिकाले प्योङयाङमा सम्पर्क कार्यालय खोले आफूले त्यसलाई स्वागत गर्ने बताउनुभयो । 

कोरियाली युद्धका कारण एकअर्काका विरोधी देखिएका उत्तर कोरिया र अमेरिकाबीच रहेको विगतको तिक्ततापूर्ण कुटनीतिक सम्बन्धलाई सामान्यीकरण गर्न कोरियाली नेताको यो प्रारम्भिक कदम हो । 

हनोई सम्मेलनको दोस्रो दिन जारी वार्ताकै क्रममा नेता किमले पत्रकारहरुसँग कुरा गर्दै भन्नुभयोः “मेरो विचारमा यो निकै स्वागतयोग्य कदम हो ।” 

उत्तर कोरियाली नेताको प्रस्तावप्रति राष्ट्रपति ट्रम्पले भन्नुभयो, किमले अगाडि सारेको यो प्रस्ताव निकै ठूलो कुरा हो । 

आठ महिनापछि भएको राष्ट्रपति ट्रम्प र नेता किमबीचको दोस्रो शिखर बैठक भियतनामको हनोईमा जारी छ । विशेषज्ञहरुले यस पटकको वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा ठोस सहमति हुने अपेक्षा गरेका छन् । 

हनोईमा औपचारिक वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले आफू अहिल्यै कुनै सम्झौतामा पुग्न हतार नगर्ने स्पष्ट गर्नुभयो । उहाँले उत्तर कोरियाले क्षेप्यास्त्र र आणविक परीक्षणलाई निरन्तरता दिँदासम्म आफूलाई कुनै सम्झौता गर्न हतार नरहेको बताउनुभयो । 

“मलाई आजै केही भन्नु छैन, र त्यति हतार पनि छैन, तर अध्यक्ष किम र उत्तर कोरियासँग कुनै ठोस सहमति हुने अपेक्षा छ । त्यसपछि केही विस्तारमै भनौंला,” राष्ट्रपति ट्रम्पले भन्नुभयो । 

राष्ट्रपति ट्रम्पले कमजोर स्थितिमा पुगेको उत्तर कोरियाले आणविक निःशस्त्रीकरणमा सहमति जनाए उत्तर कोरिया आर्थिक रुपमा सशक्त मुलुक हुने दाबी गर्नुभयो । 

उत्तर कोरियाली नेता किमले आणविक निःशस्त्रीकरणका लागि तयार नभएको भए ट्रम्पसँग वार्ता गर्नु जरुरी नै थिएन भन्दै ठोस सहमतिका निम्ति विस्तृत छलफल जारी रहेको बताउनुभयो । 

उत्तर कोरियाले संयुक्तराज्य अमेरिकाको अगुवाईमा लागेका प्रतिबन्धहरु फुकुवा होस् भन्ने चाहेको छ । 

नेता किमले पत्रकारहरुसँग भन्नुभयो, दुई नेताबीच भइरहेको वार्ताप्रति मानिसहरुले सन्देह राखेका छन् तर बैठकमा महत्वपूर्ण, राम्रो नतिजा आउनेमा म ढुक्क छु । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group