काठमाडौं,१५ फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक तथा पुलको काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ ।
मन्त्री महासेठले प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिएको साना सडक तथा प’लह?को निर्माणका लागि आवश्यक बजेटको व्यवस्था पनि तत्काल गर्ने जानकारी दिनु भयो ।
बुधबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले सरकारले प्रदेश र स्थानीय तह मातहत रहने सडक तथा पुलहरु सम्बन्धित निकायलाई हस्तान्तरण गरिसकेको उल्लेख गर्दै त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न ढिलाई नह’ने पनि स्पष्ट पार्नु भयो ।
मन्त्री महासेठले अलपत्र परेका सडक तथा प’लह?को निर्माण कार्यलाई सरकारले क्रमिक ?पमा अघि बढाएको पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्