ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र पाकिस्तानका सुरक्षाकर्मीबिच गोली हानाहान


एबीसी न्यूज




काठमाडौँ,१५ फागुन । भारतीय हवाई सेनाले मंगलबार बिहानै सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर पाकिस्तान प्रशासित क्षेत्रमा बिस्फोटक पदार्थ खसालेपछि तनाव थप बढेको छ ।

नियन्त्रण रेखाका विभिन्न क्षेत्रमा भारत र पाकिस्तानका सुरक्षाकर्मीबिच गोली हानाहान भएको छ । सीमा क्षेत्रको कश्मीरसँग जोडिएको नियन्त्रण रेखामा लागु भएको युद्ध विराम उल्लंघन गरेको आरोप भारत र पाकिस्तानले एक अर्कामाथि लगाएका छन् ।

मंगलबार बेलुका कोटली सेक्टरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर चारजनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् ।

ज्यान गुमाउनेमा तीन महिला र एक बालक रहेका छन् । गोली लागेर अरु केही घाइते भएका छन् । भारतीय सुरक्षाकर्मीले नियन्त्रण रेखाको रवाकोट, भांबर, चाकोत र कोटलीमा मेसिनगन प्रहार गरेको छ । यस्तै मोटार पनि प्रहार गरेको छ ।

भारतीय हवाई सेनाको विमानले मंगलबार बिहानै बालाकोट क्षेत्रमा बिस्फोटक पदार्थ खसालेको थियो ।

पाकिस्तानी सेनाले अखनूर, नौशेरा र कृष्णा घाटी क्षेत्रमा गोली चलाएको भारतीय आरोप छ । पाकिस्तानी सेनाले पनि नियन्त्रण रेखामा लागु भएको युद्ध विराम उल्लंघन गरेको भारतीय सेनाले आरोप लगाएको छ ।

पाकिस्तानको तर्फबाट प्रहार भएको गोली लागेर पाँच सुरक्षाकर्मी घाइते भएको भारतीय सेनाले दाबी गरेको छ ।

भारतीय सेनाले पुंछ र राजौरी जिल्लामा नियन्त्रण रेखाबाट पाँच किलोमिटरको दूरीमा रहेका विद्यालयल अर्को आदेश नआएसम्म बन्द गर्न आदेश दिइएको छ ।

भारत प्रशासित जम्मू–कश्मिरको पुलवामा जिल्लामा फेब्रुअरी १४ मा भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको ज्यान गएपछि तनाव बढेको हो ।

भारतले आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ र पाकिस्तानले ठाडै अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

काठमाडौंमा तीव्र गतिको हावाहुरी, जनजीवन प्रभावितः तीन जनाको मृत्यु

सम्बन्धित

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

इजरायलको आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने राजदूत बासको प्रतिबद्धता

साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल शुरू

अमेरिकाका विदेशमन्त्री भन्छन्: ट्रम्प र पुटिनबीच नै प्रत्यक्ष वार्ता हुनपर्छ

भारतमा आइफोन उत्पादन नगर्न एप्पललाई ट्रम्पको आग्रह

जम्मु-कश्मीर पुगेर भारतका रक्षामन्त्रीले पाकिस्तानलाई भने: ‘दुष्ट राष्ट्र’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com