ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलोत्तमा गोल्डकपको उपाधी दाउफिन्स एफसी क्यामरुङ्गलाई, नेपाल पुलिस क्लब उपबिजेता


sharan sharan
फाल्गुन १३, २०७५ सोमबार   ८ : ३२   बजे

बुटवल, १३ फागुन ।
बुटवलमा जारी २१ औ तिलोत्तमा गोल्डकपको उपाधी पाहुना टोली दाउफिन्स एफसी क्यामरुङ्गले जितेको छ । सोमबार भएको फाईनल प्रतिष्पार्धमा नेपाल पुलिसलाई सडेनदेथमा हराउँदै उपाधि कब्जा गरेको हो ।
सडेन डेथमा ६–५ गोल ले दफिन्सले उपाधि जितेको हो । दफिन्सका नियाले हानेको गोल नै अन्तिम निर्णयक बन्यो । नेपाल प्रहरीले पटक पटक गोल गर्ने मौका पाएपनि मौका चुकाउदा दफिन्सले उपाधि रक्षा गरेको हो । यस अघि पोखरा कप र बुढासुब्बा गोल्डकपको उपाधि जितेको दाउफिन्सले तिलोत्तमा गोल्डकप जित्दै उपाधिमा ह्याट्रिक गरेको हो । सबैभन्दा ठूलो पुरस्कार राशीको खप्तड कप जितेको पुलिस क्लबले तिलोत्तमा गोल्डकप पाँचौ पटक उचाल्न सकेन । रुपन्देही ११ लाई हराएर दाउफिन्स र च्यासल युथ क्लबलाई हराएर नेपाल पुलिस क्लबले उपाधि जितेको हो । विजेताले ८ लाख ८० हजार नगदसहित गोल्डकप प्राप्त गरेको छ । उपविजेताले नेपाल पुलिसले ५ लाख ५० हजार नगद प्राप्त गरेको आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिनुभयो ।

दोस्रो हाफमा नेपाल प्रहरीका तिर्थ राना मगरले गोल गरे पनि अफसाईड गोल भएको थियो । सडेन डेथमा नेपाल प्रहरीका तेज तामांगको प्राहर गरेको गोल क्रसोले रोकि दिएका थिए । यस्तै जर्सी नम्बर ८ का नियाले प्रहार गरेको गोल रोशन खड्काले रोक्न सकेनन् र जालि चुम्न सफल भयो । यो संगै दफिन्सले उपाधि कब्जा गरेको हो । प्रतियोगिताको म्यान अफ द टुर्नामेन्ट (उत्कृष्ट खेलाडी) आयोजक रुपन्देही ११ का आशिष गुरुंग घोषित भई एक थान स्कुटर पुरस्कार प्राप्त गरे । यस्तै नेपाल पुलिसका रवि पासवान बेस्ट फरवार्ड, हेम तांग बेस्ट मिड फिल्डर, विक्रम धिमाल बेस्ट डिफेन्डर र अनन्त थापा उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै दाफिन्सका प्रिसो उत्कृष् गोल रक्षक घोषित भए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group