काठमाडौं,१३ फागुन । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई प्रभावकारी ढंगबाट अगाडि बढाउन निर्देशन दिनुभएको छ ।
सोमबार मुख्यमन्त्री पोखरेलले अति विपन्न घर परिवारलाई लक्षित गरी संचालन गरिएको उक्त कार्यक्रमको छनौट गरिएको कार्यक्रम संयोजकहरुलाई कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिनुभएको हो ।
रुपन्देही, कपिलवस्तु र नवलपरासीमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन गरिएको छ । मुख्यमन्त्री पोखरेलले ग्रामीण भेगका आर्थिक तथा सामाजिक हिसावले अति पछाडि परेका जनताको जिवनस्तरलाई गुणात्मक बनाउने उद्देश्यले कार्यक्रमको सुभारमभ गरिएका उल्लेख गर्दै लक्षित वर्गसम्म कार्यक्रम पु¥याउन जिल्ला समन्वय समिति, गाउ“पालिकाका प्रमुख र प्रशासकीय प्रमुखहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा सहभागीहरुले कार्यक्रम अति राम्रो भए पनि भारतीय खुल्ला सिमानाका कारण उत्पादित वस्तुको व्यवस्थापन र बजारिकरणमा ध्यान पु¥याउनु पर्ने सुझाव दिएका छन् । प्रदेश ५ सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रत्येक जिललाबाट मानव विकास सुचाङकमा पछि परेका तीन गाउं“पालिकामा उतm कार्यक्रम संचालन गरेको छ ।
१२ जिल्लाका सबैभन्दा पछाडि परेका ३५ वटा गाउंपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम संचालनका लागि १७ करोड रकम विनीयोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्