
अछाम,१३ फागुन । नयाँ शक्ति नेपालको संयोजक डा.बाबुराम भट्टराईले विश्वमा बिसौँ शताब्दीमा भएका विचारहरु पुराना भैसकेको र अबको युग सुहाउँदा नयाँ विचारहरुको खोजी भरहेको बताउनु भएको छ ।
साँफेबगरमा भएको एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले देशलाई समृद्धिको बाटो तिर लिनका लागि सबैलाई अगाडी बढ्नु आग्रह गर्नु भयो । उहाँले आफूहरुले देशलाई बदल्न चाहेको बताउनु भएको छ । उहाँले गरिबी र बेरोजगारीको पूर्ण अन्त्य गर्न चाहेको बताउनु भयो ।
पूर्व प्रधानमन्त्री भट्टराईले मध्ये पहाडबाट पूर्व पश्चिम जोडने बाटोको आवश्यकता महशुस भएका कारण मध्ये पहाडी लोक मार्गको परिकल्पना गरेको बताउनु भएको छ ।
पूर्वप्रधान मन्त्री भट्टराईले सुदुरपश्चिम प्रदेश प्राकृतिक स्रोतले धनी रहेको भएपनि पछाडी परेको यो क्षेत्रको विकासका लागि सबैले मिलेर अगाडी बढ्नु पर्ने बताउनु भएको थियो । उहाँले शुदूर पश्चिम प्रदेशका समस्या र सम्भावना बारेमा अध्ययन गरी राष्ट्रिय नीति बनाउनु पर्नेमा जोड दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्