ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानले दियो अस्पताललाई ‘स्ट्याण्डबाइ’ रहन निर्देशन


एबीसी न्यूज

काठमाडौँ, १३ फागुन ।   भारतको निरन्तर आरोपपछि पाकिस्तानले पनि भारतविरुद्ध युद्धको तयारी सुरु गरेको छ । सीमामा तैनाथ सैनिनकको लागि युद्धका सामान पठाउने तयारी भइरहेको रिपोर्टमा जनाइएको छ ।

अस्पतालहरुलाई पनि जुनसुकै बेला मेडिकल सपोर्टको लागि स्ट्याण्डबाइ रहन निर्देशन दिइएको छ । रिपोर्टमा दावी गरिएअनुसार इरानसँगको सीमा जोडिएको क्षेत्र बलोचिस्तान र भारतसँग सीमा जोडिएको पाकिस्तान नियन्त्रित कश्मिर (पिओके)को स्थानीय प्रशासनलाई भारतको तर्फबाट युद्ध हुने स्थितिमा जुनसुकै कारवाहीको लागि तयार रहन निर्देशन दिइएको छ ।

पाकिस्तानी सैनिक हेटक्वार्टर क्वेटा बेस लजिस्टिक्स एरियाबाट अस्पतालहरुलाई २० फेब्रुअरीमा पठाइएको एक आदेशमा भारतसँग युद्ध हुने स्थितिमा मेडिकल सपोर्ट तयार राख्न निर्देशन दिइएको छ । आदेशमा भनिएको छ ‘हामीलाई विश्वास छ, पूर्वी मोर्चामा आपतकालीन युद्धको अवस्थामा घाइते जवानहरुलाई सिंध र पंजाबका सिभिल र मिलिट्री अस्पतालबाट मेडिकल सहायता दिइनेछ । सुरुवाती उपचारपछि घाइते जवानहरुलाई बलोचिस्तानस्थित सिभिल अस्पताल पठाइनेछ । सिभिल अस्पतालमा बेडको संख्या २५ प्रतिशतसम्म बढाउन निर्देशन दिइएको छ ।

बिहीबार पिओके सरकारले नीलम, झेलम, रावलकोट, हवेली, कोटली र भिम्बरको नियन्त्रण रेखा (एलओसी)सँग जोडिएका षेत्रमा बस्ने नागरिकलाई एडभाइजरी जारी गरेको छ । युद्धको स्थितिमा तयार रहन नागरिकलाई भनिएको छ । पीओके सरकारले नागरिकलाई युद्धको स्थितिमा सुरक्षित बाटोबाट आवतजावत गर्न भनेको छ । एलओसीको नजिकका नागरिकलाई बंकर नबनाएको भए बाउन भनिएको छ । नागरिकलाई रातको समयमा अनावश्यक रुपमा बत्ति नबाल्न र र एलओसीको नजिक नजान भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com