ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश लोकसेवा आयोग विधेयक सर्वसम्मतिले पारित


admin

काठमाडौं,१२ फागुन । राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । 

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई सशोधन गर्ने विधेयक, २०७५लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि बैठकले अनुमोदन ग¥यो । राष्ट्रियसभाको अर्काे बैठक यही फागुन १४ गते अपराह्न १ः०० बजे बस्ने छ । 

उत्पादनका क्षेत्रमा लगानी गर्न सुझाव विधायन व्यवस्थापन समितिको आजको बैठकमा विज्ञले नागरिक लगानी कोषलाई उत्पादनका क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । राष्ट्रियसभामा पेश भएको नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयकमाथि विज्ञका सुझाव लिने उद्देश्यले आयोजना गरिएको छलफलमा अर्थशास्त्री डा गोविन्दबहादुर थापाले निजी क्षेत्रका बैंकको मनपरीतन्त्र अन्त्य गर्न कोषलाई प्रतिस्पर्धी संस्थाका रुपमा लैजान सुझाव दिनुभयो । 

अधिकृत पूँजी रु एक अर्ब ५० करोड, जारी पूँजी रु एक अर्ब र चुक्ता पूँजी रु एक अर्ब १० करोड २३ लाख छ । कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले छरिएको पूँजी परिचालन गर्ने गरेको, अवकाश कोषलाई प्रभावकारी गर्दै लगेको र बीमा कोष सञ्चालन गर्दे आएको जानकारी दिनुभयो । 

राष्ट्रियसभाको प्रमुख काममध्ये विज्ञ सेवा प्रदान गर्नु पनि हो । त्यसैले छलफलको आयोजना गरिएको विधायन समितिका सभापति परशुराम मेघी गुरुङले बैठकमा जानकरी दिनुभयो । 

अर्थ मन्त्रालय राजस्व सचिव लालशङ्कर घिमिरेले विधेयकमा नेपाल राष्ट्र बैंकको भूमिकालाई प्रभावकारी तुल्याइएको र कोषको सञ्चालक समितिलाई चुस्तदुरुस्त राखिएको जानकारी दिनुभयो । त्यसैगरी नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले कोषमा रकम जम्मा गर्ने राष्ट्रसेवक कर्मचारीको भूमिकालाई स्थान दिनुपर्ने सुझाव दिनुभएको थियो । 

राष्ट्रियसभाका सदस्य ठगेन्द्रप्रकाश पुरी, मीना बुढा, राधेश्याम अधिकारीलगायतले छलफलमा प्रस्तुत विधेयकको संशोधन प्रस्तावकर्ताका रुपमा आआप्mना भनाइ राख्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा

आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ – प्रचण्ड

नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत

सवारी चालक अनुमतिपत्र अब सुरक्षण मुद्रण केन्द्रले छाप्ने

शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छः सभापति देउवा

रविको निवेदनमा आदेश आउँदै, सर्वोच्चबाहिर भीड

भिजिट भिसा प्रकरण: अध्यागमनबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com