
काठमाडौ ,५ फागुन, प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारले विकास र समृद्धिका लागिकाम गरिरहेको बताउनुभएको छ ।
कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको भन्दै यसका लागि सरकारले सुशासनको वातावरण बनाउने बताउनुभएको छ । “सरकार विकास दुरदुष्टीमा कुनै दोधारोमा छैन । हामी नतिजामुखी विकासको काममा प्रतिवद्ध छौं ”प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानी कर्ताहरुलाई नेपालमा लगानीगर्न समेत आह्वान गर्नुभएको छ । “तपाईंहरुको लगानीको सुरक्षा सरकारले गर्छ । लगानीबाट तपाईंहरुले नाफा आजर्न गर्न पनि सक्नुहुन्छ ”प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल लगानीकालागि उर्वर भूमी भएको उल्लेख गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिद्धर वृद्धि हुने मात्र नभइ नेपालाई विश्वसँग जोडिने अवसर पनिहुने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्