ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक जना असईले बचाए ( एस्क्लुसिभ अन्तर्वार्ता)


एबीसी न्यूज
फाल्गुन ४, २०७५ शनिबार  ९ : १४ बजे


काठमाडौं , ४ फागुन । लामो समय जेलनेल भोगेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक यात्रा झापाबाटै शुरु भएको हो । झण्डै पाँच दशकको राजनीतिक यात्रामा १४ बर्ष कठोर जेल जीवन विताएका प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री हुनुहुन्छ ।

पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका पात्र यतिवेला देशको प्रधानमन्त्री बन्नुभएको छ । प्रधानमन्त्री ओलीको जेलजीवनका भोगाई निकै कष्टकर भएको र आफ्ना सहकर्मीहरुले अनाहकमै ज्यान गुमाउन पुगेको पीडा निकै भावुक ढंगले सम्झनु भयो । तत्कालिन राज्यले झुटा मुद्धा लगाएर लामो समय सम्म जेलमा राखेको कुरा प्रधानमन्त्री ओलीले एवीसी न्यूजका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंगको विषेश कार्यक्रम आउटलुकमा बताउनुभएको हो । तत्कालिन राज्यले झुटा आरोप लगाएर नागरिक माथि दमन गरेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीलाई १४ वर्षको जेल वसाईमा २५ पटक ठाउ सम्म सारिएको थियो । उहालाई एक लाई एकपटक गौर बाट अड्डा सार्ने क्रममा आएको चिठीलाई यसरी सम्झनु हुन्छ । म गौर जेलमा रहदा अड्डा सार गरि माथि पठाउने भन्ने आदेशलाई तत्कालिन जेल सुरक्षामा खटिएका असईले गाडीमा राखेर विरगंज लैजानुभयो । उहाले भन्नु भयो – तपाईहरु जस्तालाई मारेर मैले के गर्नु छ र गए मेरो जागिर जाने हो म घरमा गएर कृषक बनेर बाँच्न सक्छु भन्दै उहाले विरगंज लगेर सार्वजनिक गर्नु भयो । यदि प्रहरीले विरगंज नलगेर माथिकै आदेशलाई घुमाउरो तरिकाले मानेको भए । आज स्वाधिन मुलुकको प्रधानमन्त्री बन्ने थिएन होला प्रधानमन्त्री ओलीले भन्नुभयो।

प्रधानमन्त्री ओली पहिलो पटक २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा ओली निर्वाचित भएका हुनुभएको थियो । त्यस्तै वि.सं. २०५१ देखि २०५२ सम्म उनी गृहमन्त्री बन्नुभएको थियो । ०६४ देखि ०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्री को कार्यभार समाल्दै २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा पहिलोपटक केपी ओली प्रधानमन्त्री बन्नुभएको थियो । यतिवेला उहाँ दोस्रो पटक बहुमतको शक्तिशाली प्रधानमन्त्री बन्नु भएको छ ।

तत्कालीन नेकपा (माले)को संस्थापक मध्येका एक केपी शर्मा ओली २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएको थियो । २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका ओली २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीसंगको विशेष अन्तर्वार्ता आज राती ९ बजे एबीसीमा प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन: २०४८ यता सबैभन्दा कम मतदान , जेन जी विद्रोहपछि अपेक्षा टुट्यो

मधेश प्रदेशमा ‘बालेन लहर’ को प्रभाव: रास्वपाको मजबुत प्रदर्शन, एक्जिट पोलले आधा सिट जित्ने संकेत

सम्बन्धित

विश्व महाशक्तिको सम्पूर्ण प्रहारका बावजुद कसरी टिकिरहेको छ इरानी सत्ता ?

इरानमाथि आक्रमणः ‘रेजिम चेन्ज’ प्रयास कसरी अगाडि बढ्यो ?

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com