काठमाडौं,२ फागुन । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत कैलाश मातक्ष श्रेष्ठलाई २५ हजार घुस रकमसहित पक्राउ गरेको हो ।
प्रशासनमा लेनदेन मिलाउन परेको उजुरीमा प्रशासकीय अधिकृत श्रेष्ठले एउटा पक्षसँग घुस रकम मागेको बताइएको छ । श्रेष्ठलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्