काठमाडौं,२८ माघ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन ।
उनले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन ।
समितिको म्याद सकिए पनि पार्टीले निर्णय नगरेसम्म यसैलाई निरन्तरता दिने भने पनि निर्णय गर्न ढिला गरेको भन्दै अध्यक्ष महरले राजीनामा दिएको बताए ।
नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । त्यसैले पुस २७ गते महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए ।
११ औं महाधिवेशनबाट निर्वाचित महर नेतृत्वको कार्यसमितिको म्याद भदौ २ गतेसम्म थियो । आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो ।
प्रतिक्रिया दिनुहोस्