ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको सबै तहमा एकीकरण छिट्टै हुन्छ : नेता नेपाल


admin


हेटौँडा , २७ माघ । नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई तिहाइको सरकार रहेको परिस्थितिमा सरकारबाट कमजोरी हुन नहुने र भएकालाई सुधार गर्नुपर्ने धारणा राख्नुभएको छ । 

न्यूज क्लब हेटौँडाको आयोजनामा आज भएको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले कार्यदलको सुझाव र पृष्ठपोषणलाई पालना गरेको खण्डमा सरकारले उपलब्धि हात पार्ने बताउनुभयो । “पक्कै पनि सरकारका केही कमजोरी छन् तर ती कमजोरीलाई सुधारेर जानुको विकल्प छैन”, उहाँले भन्नुभयो । 

नेकपा एकीकरणको सन्दर्भमा बोल्दै नेता नेपालले छिट्टै नै पार्टीको एकीकरण कार्य सकिने बताउनुभयो । नेपालले गोजीबाट निकालेको व्यक्तिले एकीकृत सङ्गठनको नेतृत्व नपाउने धारणा राख्नुभयो ।

दुवै पार्टीका वरिष्ठले प्राथमिकता पाउने र कनिष्ठले कम प्राथमिकता पाउने उहाँको भनाइ थियो । नेपालले अबको केही समयभित्र नेकपाको सबै तहमा एकीकरण हुने कुरामा ढुक्क हुन अनुरोध गर्नुभयो । 

सङ्गठनको निर्माण ढिला हुँदा काममा समस्या भएको भन्दै पूर्वप्रधानमन्त्री नेपालले सबै तहको सङ्गठनलाई चुस्तदुरुस्त बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । तिनै तहको सरकारमा नेकपाको बहुमत रहेकाले जन चाहनाअनुसार काम गर्न जनप्रतिनिधिलाई अनुरोध गर्ने गरेको भन्दै नेता नेपालले जनता के चाहन्छन् त्यसको ख्याल गर्नुपर्ने बताउनुभयो । 

“जनता सार्वभौम सम्पन्न छन् उनीहरुको चाहना पूरा हुनुपर्छ”, उहाँले भन्नुभयो । पछिल्लो समय नेकपाका नेताबीचमा खटपट आएको हो भन्ने प्रश्नमा नेता नेपालले केही समस्या भए पनि मिडियामा आएजस्तो गम्भीर मतभेद र समस्या नरहेको बताउनुभयो । “नेकपाभित्र समाधान गर्न नमिल्ने गरी केही पनि बिग्रेको छैन”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com