ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मतीको स्वच्छ जलमा हेरेर हामीले अनुहार सिंगार्न सकूँ : परराष्ट्रमन्त्री ज्ञवाली


admin
माघ २६, २०७५ शनिबार  ३ : ०१ बजे

काठमाडौं,२६ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सडक र नदीनालालाई थुकदानी बनाएका कारण सररफाईमा समस्या देखिएको बताएका छन ।

वाग्मती सफाइ महाअभियानको ३ सय हप्ता पुगेको अवसरमा काठमाडौंको शंखमूलमा शनिबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले नदी र सडकलाई फोहोर विर्सजन गर्ने थलो बनाउने हाम्रै कार्यशैलीका कारण नदीनालाहरु फोहर र प्रदुषित बनेको बताएका हुन ।


ज्ञवालीले मुलुक बाहिर जाँदा चकलेट खाएर खोल कोटको खल्तीमा राख्ने अनि नेपालको सिमा प्रवेश गर्ने वित्तिकै पान खाएर रोडमा थुक्ने प्रवृत्तिको अन्त्य नहुन्जेल सफाई अभियानले पुर्णता पाउन नसक्ने टिप्पणी गरेका छन । उनले भने“काठमाडौँ के छिर्यौ हामी, नेपालको सिमाना के नाग्छौ हामी पिचित्त थुक्छौ पान खाएर । फोहोर गर्छौ हामी त्यहीँ । वाग्मती र सबै नदीनालाहरु र सडकहरुलाई हामीले फोहोर विर्सजन गर्ने थलो बनाउँछौ । यो कुरामा हामी जागरुक हुन जरुरी छ । ”

हरेक नागरिकले आ आफ्नो ठाउबाट नदी नालालाई सफा राख्ने प्रयत्न गरेमा सबै नदी प्रणालीहरु आफै सफा, स्वच्छ हुने समेत उनले बताए । उनले सरसफाई अभियानमा राज्यले नेतृत्वदायि भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

नदी प्रणालीसंग जोडिएका जग्गाहरु अतिक्रमणमा परेकाले अतिक्रमणबाट मुक्त गरि नदी प्रणालीलाई आफ्नै सहज प्रवाहमा बग्ने वातावरण श्रृजना गर्नुको साथै ढल प्रशोधन पछि मात्रै पानी नदीमा मिसाउने र नागरिक स्वंमले नै सरसफाईमा ध्यान दिने हो भने वाग्मती सफाई अभियानले सार्थकता पाउने उनले बताए ।

उनले भने“अब घरमा ऐना राख्न नपरोस् । वाग्मतीको स्वच्छ जलमा हेरेर हामीले अनुहार सिंगार्न सकूँ, हाम्रो अनुहारलाई देख्न सकूँ । त्यो लक्ष हासिल गर्दा मात्रै र यो वाग्मतीको पानी पिउन सक्ने बनाउदा मात्रै हाम्रो अभियानले सफलता प्राप्त गर्न सक्छ ।”

उनले वाग्मती सफाई अभियानमा जुटेका सबै संस्थाले सरकारले आजै सार्वजनिक गरेको नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि कार्यान्वय गर्दै अघि बढेमा नदीनालाको साथै शहर स्वच्छ हराभरा हुने विश्वास व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

टी–२० विश्वकप क्रिकेटको सुपर–एटका खेल आजदेखि : बेलुका पाकिस्तान र न्युजिल्याण्डले खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com