ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तानमा भीषण झडपमा परी दश सैनिकको मृत्यु


admin

काबुल, २२ माघ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा सोमबार तालिबान लडाकू र सेनाबीच रातभर भएको भीषण झडपमा परी कम्तीमा १० अफगान सैनिकको मृत्यु भएको छ । 

यस झडपमा आठ जना तालिबान लडाकू पनि मारिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् । कुन्दुज प्रान्तको प्रान्तीय राजधानी कुन्दुज शहरको उत्तरतर्फको इलाकामा उक्त झडप भएको थियो । 

यस भिडन्तमा पाँच सैनिक र कैयौँ आतङ्ककारी मारिएको सरकारी समाचार स्रोतले नाम नबताउने शर्तमा जानकारी दिएका छन् । प्रान्तीय परिषदका एक अधिकारी युसुफ अयुबीले यस घटनाको पुष्टि गर्नुभएको छ । 

सन् २०१४ को अन्त्यमा ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै नेटोआवद्ध सैनिकहरु अफगानिस्तानमा प्रत्यक्ष सहभागी हुन छोडेपछि त्यहाँ सुरक्षाकर्मीको हताहतीको सङ्ख्यामा बृद्धि भएको पाइन्छ । 

अफगान सेनाले देशभर जारी राखेको कारबाहीको क्रममा तालिबान, इस्लामिक स्टेट्सलगायतका लडाकूहरु हताहत भएका र उनीहरुले कब्जामा लिएका कैयाँै स्थानहरु भने अफगान सरकारको नियन्त्रणमा आइसकेको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

सम्बन्धित

जर्मन राष्ट्रपतिद्वारा नेपालमा कार्यरत सामजिक संस्थाका सञ्चालकलाई सर्वोच्च सम्मान

सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

ट्रम्प प्रशासनले रोक्यो हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना

बंगलादेशको अन्तरिम सरकार प्रमुखबाट राजीनामा दिने मुडमा मोहम्मद युनुस

अमेरिकामा आवासीय क्षेत्रमा विमान दुर्घटना

हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com