ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तानमा भीषण झडपमा परी दश सैनिकको मृत्यु


admin
माघ २२, २०७५ मंगलबार  २ : १० बजे

काबुल, २२ माघ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा सोमबार तालिबान लडाकू र सेनाबीच रातभर भएको भीषण झडपमा परी कम्तीमा १० अफगान सैनिकको मृत्यु भएको छ । 

यस झडपमा आठ जना तालिबान लडाकू पनि मारिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् । कुन्दुज प्रान्तको प्रान्तीय राजधानी कुन्दुज शहरको उत्तरतर्फको इलाकामा उक्त झडप भएको थियो । 

यस भिडन्तमा पाँच सैनिक र कैयौँ आतङ्ककारी मारिएको सरकारी समाचार स्रोतले नाम नबताउने शर्तमा जानकारी दिएका छन् । प्रान्तीय परिषदका एक अधिकारी युसुफ अयुबीले यस घटनाको पुष्टि गर्नुभएको छ । 

सन् २०१४ को अन्त्यमा ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै नेटोआवद्ध सैनिकहरु अफगानिस्तानमा प्रत्यक्ष सहभागी हुन छोडेपछि त्यहाँ सुरक्षाकर्मीको हताहतीको सङ्ख्यामा बृद्धि भएको पाइन्छ । 

अफगान सेनाले देशभर जारी राखेको कारबाहीको क्रममा तालिबान, इस्लामिक स्टेट्सलगायतका लडाकूहरु हताहत भएका र उनीहरुले कब्जामा लिएका कैयाँै स्थानहरु भने अफगान सरकारको नियन्त्रणमा आइसकेको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति अहिलेसम्म सुरक्षित

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

‘सुदृढीकरणको’ वृहत् रणनीति

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com