ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यालिफोर्नियामा घरमा ठोक्किँएर विमान दुर्घटना,पाँचको मृत्यु, दुई घाइते


admin

एजेन्सी,२२ माघ ।  एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किँएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ । 

बर्षाका कारण विमानस्थलमा धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्एिको प्रत्यक्षदर्शीले बताएका छन् । 

दुर्घटनामा विमान र योर्वा लिन्डाको एक घरमा आगलागी भएको थियो र विमान चालक र उक्त घरमा रहेका चार जनाको आगोले जलेर मृत्यु भएको छ, अरेन्ज जिल्लाका अधिकारी लेफ्टिनेन्ट कोरी मार्टिनोले विमान दुर्घटनापछि गरेको पत्रकार सम्मेलनमा बताए । मृतकमध्ये विमान चालकसहित तीन जना पुरूष र दुई महिला रहेका पुष्टि भएको छ तर उनीहरूको थप परिचय तत्काल सार्वजनिक गरिएको छैन । 

सेस्ना ४१४ए नंम्बरको विमान फुलेर्टन नगरीय विमानस्थलबाट पश्चिममा रहेको योर्बा लिन्डाका लागि उडेको संघीय नागरिक उड्डयन प्रशासन कार्यालयका प्रवक्ता एलेन केनिट्जरले बताउनुभयो । 

प्रत्यक्षदर्शीका अनुसार विमानको एउटा इन्जिन र मुख्य क्याविन दुई तले घरमा ठोक्एिपछि ठूलो आगोको मुस्लो निस्किएको र घरमा रहेका दुई जनालाई सख्त जलेको अवस्थामा जिवितै उद्धार गरी उपचारका लागि पठाइएको छ । 

जोन वोलबार्टले भने, “ठूलो विस्फोटको आवाजपछि विमान र घरमा आगो लागेपछि हामी घरबाट बाहिर निस्क्यौँ । विमान सँगैको घरमा ठोकिँदा सँगै रहेको हाम्रो घरमा पनि निकै हल्लियो । बाहिर निस्केर हेर्दा आगोको मुस्लोले घरलाई डढाइसकेको थियो ।” 

घरबाट एक महिला डढ्दै गरेको कपालसहित घरबाट निस्किन् भने एक जनालाई पछि उद्धार गरिएको थियो । उनीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ । 

ट्वीटरमा पोष्ट गरिएको भिडियोमा विस्फोटको आवाजपछि अतालिँदै नजिकका घरहरूबाट बाहिर निस्केका स्थानीयलाई देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com