काठमाडौं,२१ माघ । धुर्मुस सुन्तली अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी सहयोग रकम उठाउन मलेसिया गएका छन् । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिसकेका छन् ।
उनीहरुको साथमा लोकदोहोरी गायक बद्री पंगेनी, गायिका मेलिना राई पनि रहेका छन । सहयोग रकम संकलनका निम्ति मलेसियामा धुर्मुस सुन्तली साँझको आयोजना गरिएको छ ।
यो कार्यक्रम मलेसियाका विभिन्न शहरहरुमा आयोजना गर्ने तयारी रहेको धुर्मुस सुन्तली फाउण्डेसनका प्रमुखसमेत रहेका सिताराम कट्टेलले बताए ।
धुर्मुसले आफूहरुले रंगशालाको औपचारिक घोषणा गरेकै समयमा नेपाली क्रिकेट टिमले यूएईलाई हराउँदै ऐतिहासिक जित निकालेकाले अफ्नो हौसला अझ बढेको बताएका छन ।
प्रतिक्रिया दिनुहोस्