काठमाडौं,२१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहिबेरमा बस्दैछ । भेनेजुएलाबारे नेकपाले सार्वजनिक गरेको धारणा विवादमा परिरहेका बेला नेकपाले बैठक डाकेको हो ।
बैठकमा समसामयिक राजनीतिक विषय, भेनेजुएला प्रकरण र पार्टी एकताको थाती कामबारे छलफल हुने नेकपा अध्यक्ष ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । पार्टी एकताका विषयमा बाँकी विषय टुंग्याउनका ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पारिरहेको छ ।
गत पुस १२ गते सम्पन्न स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन नौ सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलले केही विषयमा सहमति गरेपनि केही विषय भने सहमति जुटाउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्