ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेनेजुएमा सङ्कट समाधान प्रयास, मोदुरोद्वारा निर्वाचन प्रस्ताव


admin
माघ २०, २०७५ आईतबार  २ : ०० बजे

एजेन्सी,२० माघ ।  भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले यहाँको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचनको प्रस्ताव गर्नुभएको छ । 

यहाँका विपक्षी आन्दोलनकारीहरुले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत प्रदर्शन गरेका थिए र उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी राष्ट्रपति मोदुरोलाई दिएका थिए । 

उक्त विरोध प्रदर्शनका क्रममा विपक्षीहरुले पनि यहाँ निर्वाचनको माग गरेका थिए । उनीहरुले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका थिए । 

उनीहरुले गरेको सो निर्वाचनको मागपछि शनिबार नै राष्ट्रपति मोदुरोले पनि समय अगावै निर्वाचन गर्न सकिने प्रस्ताव गर्नुभएको छ । 

राष्ट्रपति मोदुरोले यहाँको राजनीतिक समस्याको समाधानका लागि निर्वाचन एक उत्तम उपाय हुनसक्ने बताउनुभएको समाचारमा जनाइएको छ । 

उता आफैले अन्तरिम राष्ट्रपति घोषणा गरेका र अमेरिकालगायतका देशको समर्थन पाउनुभएका विपक्षी नेता हुँवा गुएइदो समर्थकहरुले शुक्रबार व्यापक रुपमा प्रदर्शन गरेका थिए । 

त्यसपछि शनिबार राष्ट्रपति मोदुरोले सो निर्वाचनको प्रस्ताव गर्नुभएको समाचारमा जनाइएको छ । युरोपेली सङ्घमा आवद्ध प्रमुख देशहरुले पनि नयाँ निर्वाचनको वातावरण बनाउन सकेमा वर्तमान समस्याको समाधान निस्किन सक्ने प्रस्ताव गरेका छन् । 

विपक्षी नेता गुएइदोका समर्थक विदेशीहरुले पनि मदुरोलाई जतिसक्दो चाँडो निर्वाचन घोषणाका लागि गत हप्ता एक हप्ताको समय दिएका थिए । 

यस परिस्थितिमा राष्ट्रपति मोदुरोले निवाचन गर्न सकिने प्रस्ताव गरेबाट यहाँको राजनीतिक सङ्कटको समाधान पनि निस्किन सक्ने अनुमान गरिएको छ । 

यहाँको नेशनल एसेम्ब्लीको निर्वाचन सन् २०१७ मा भएको थियो । सो निर्वाचन भेनेजुएलामा संविधान निर्माणका लागि भन्दै भएको हो । यो संविधान सभाको निर्वाचन थियो र यसले संविधान निर्माण गर्ने भनिएको थियो । 

तर सो निर्वाचन विपक्षीहरुले बहिस्कार गरेका थिए । जसका कारण राष्ट्रपति मोदुरोका पक्षधरहरुको मात्र संसदमा प्रतिनधित्व भएको थियो । त्यसैले पनि गुएइदोहरुले सो निर्वाचनबाट निर्वाचित सरकार वैधानिक नभएको दाबी गर्दै आएका हुन् । 

अब नियमित रुपमा भएमा आगामी निर्वाचन् सन् २०२० मा हुनुपर्ने हो । तर पनि सन् २०१७ को संविधान सभाको निर्वाचनको परिणाम विपक्षीहरुले स्वीकार नगरेका र अर्काे निर्वाचनको माग गरेकोले त्यस अगावै निर्वाचन गर्न सकिने राष्ट्रपति मोदुरोले बताउनुभएको हो । 

विपक्षीहरुले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएकापछि उहाँको यो प्रस्ताव आएको अनुमान गरिएको छ । 

भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक सङ्कट बढ्दो छ । यहाँको राष्ट्रियसभाका अध्यक्ष समेत रहेका गुएइदोले राष्ट्रपति मदुरोलाई अवैध दावी गर्दै आउनुभएको छ । 

उहाँले केही दिन अगाडि आफैँलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गर्नुभएको थियो । उहाँको यो कदमलाई अमेरिका र अरु केही विदेशीहरुले समर्थन गरेपछि यहाँको सङ्कट बढेको हो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

प्यालेस्टाइनको निर्वाचन आयोगले वेस्ट बैंक र गाजामा स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गर्‍यो

घानाले कृत्रिम बुद्धिमत्ता विकासलाई तिब्रता दिने

यासुकुनी तीर्थस्थलको वास्तविकता उजागर गर्न एक जापानी सैनिकका छोराको दृढ संकल्प

ह्वाइट हाउस संवाददाता सम्मेलनमा गोली चलाउने व्यक्ति हिरासतमा रहेको ट्रम्पद्वारा पुष्टि

पाकिस्तानी प्रधानमन्त्री सरिफ र इरानी राष्ट्रपति पेजेस्कियनबीच वार्ताः क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिवद्धता

कोटे डि आइभोरद्वारा २०३० सम्म औलो उन्मूलन गर्ने लक्ष्य, एक खर्ब सीएफए फ्रान्क स्वास्थ्य बजेट विनियोजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com