काठमाडौं,२० माघ । आज राष्ट्रियसभाको बैठक दिउँसो १ बजे र प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
सरकारले सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग ऐन संशोधन गर्ने तयारी गरेको छ ।
दुवै आयोगको म्याद आगामी शनिबार सकिने भएकाले सरकारले दुवै आयोगको ऐन संशोधन गरेर फेरि एक वर्ष थप्न लागेको हो । आजको राष्ट्रियसभा बैठकमा आयोगका म्याद थप गर्नेसम्बन्धी संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ ।
समय कम भएकाले फाष्ट ट्रयाकबाट पारित गर्ने तयारी रहेकाले राष्ट्रियसभाले पारित गरेपछि विधेयक प्रतिनिधिसभामा पठाउने तयारी रहेको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
सरकारले ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोग ऐन २०७१’ लाई संशोधन गर्न बनेको विधेयक गत मंगलबार नै संसद सचिवालयमा पठाइसकेको छ । सरकारले दुवै आयोगका अध्यक्ष र सदस्यलाई चाहेमा निरन्तरता दिन सक्ने वा नया“ नियुक्ति गर्न सक्ने प्रावधान विधेयकमा छ ।
आजको बैठकमा जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, निवृत्तभरण कोष विधेयक, भुक्तानी तथा फस्र्यौट विधेयक, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, विज्ञापन (नियमन गर्ने) विधेयक र संकटापन्न वन्यजन्तु तथा बनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयकमाथि सम्बन्धित मन्त्रीले विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस्