काठमाडौं, १८ माघ । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । मानव बेचबिखनको आरोप लागेपछि विवादमा मुछिएकी राजदूत शेर्पाले शुक्रबार राजीनामा दिएकी हुन् ।
उनी विहीबार मात्रै अष्ट्रेलियाबाट नेपाल आएकी थिइन् । राजदूत शेर्पाका सवारी चालकले नै उनीमाथि मानव बेचबिखनको आरोप लगाउँदै अष्ट्रेलियन प्रहरीमा उजुरी दिएका थिए । परराष्ट्र मन्त्रालयले उनीमाथि लागेको आरोप छानबिन गर्न मन्त्रालयका सहसचिव मणी भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
राजदूत शर्पाले भने आफू विरुद्धको आरोप निराधार रहेको बताएकी छन् । चालकलाई कामबाट निकाला गरेपछि विवादमा पार्ने प्रयास गरिएको उनको दाबी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्