ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक दबाब पछि झुके ट्रम्प , तीन हप्ताका लागि यस्तो भो सहमति


एबीसी न्यूज

काठमाडौँ, १२  माघ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बजेट अभावमा ठप्प रहेका संघीय सरकारका आंशिक कार्यालयको काम सुचारु गर्न सहमत भएका छन् ।

राजनीतिक दबाब बढ्दै गएपछि राष्ट्रपति ट्रम्प ३५ दिनदेखि बन्द आंशिक सरकारी कार्यालयको कार्य सञ्चालनका लागि आवश्यक पर्ने बजेट दिन सहमत भएका हुन् ।

राष्ट्रपति ट्रम्पले तीन हप्ताका लागि कार्य सञ्चालन बजेट पारित गर्न सहमत भएका हुन् । तर यसमा उनले अडान लिएको जस्तो मेक्सिकोसँगको सीमामा बनाउने भनिएको सीमा पर्खालका लागि कुनै बजेट छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा बनाउने भनेको सीमा पर्खालका लागि सरकारी कोषबाट बजेटको व्यवस्था हुनु पर्ने तथा विपक्षीको त्यस विरोधी अडानका कारण समस्या उत्पन्न भएको हो ।

अमेरिकी इतिहासमै सबैभन्दा लामो अवधि सरकारी कामकाज ठप्प भएको यो घटनालाई सहजिकरण गर्न राष्ट्रपति ट्रम्पले तीन हप्ताका लागि बजेट दिने बताएका हुन् ।

ट्रम्पले चुनावी अभियानदेखि नै अमेरिका गैरकानुनी रुपमा प्रवेश गर्नेहरुलाई रोक्नका लागि मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनु पर्ने बताउँदै आएका छन् । ट्रम्प यसका लागि सरकारी कोषबाट ५।७ बिलियन डलर चाहन्छन्, जुन कुरा डेमोक्र्याटिक पार्टीले अस्वीकार गर्दै आएको छ ।

शुक्रबार सिनेट र हाउस अफ रिप्रिजेनटेटिभले तीन हप्ताका लागि संघीय सरकार कार्यालयलाई कार्य सञ्चालनका लागि दिइने बजेट सम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ ।

योसँगै ३५ दिनदेखि रोखिएको काम सुरु भएको छ तर अनिश्चितता भने सकिएको छैन । तीन हप्तापछि के गर्ने भन्नेबारे छलफलको खाँचो छ । यो अवधिमा समस्याको स्थायी समाधान नखोजिएमा फेरि काम ठप्प हुनेछ ।

राष्ट्रपति ट्रम्पले ह्याइट हाउसको रोज गार्डेनमा भने, ‘संघीय सरकारी कार्यालयका लागि आउँदो फेब्रुअरी १५ सम्मका लागि बजेट प्रदान गर्ने सहमतिको घोषणा गर्न पाउँदा निकै गर्व महसुस गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com