ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सेनाको समर्थन


admin

काराकास, ११ माघ । भेनेजुएलाको शक्तिशाली सेनाले बिहीबार राष्ट्रपति निकोलास मदुरोलाई पूर्ण समर्थन गरेको जनाएको छ । अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको दाबी गरिरहनुभएको छ ।

देशभर भडकिएको हिंसा र प्रदर्शनका क्रममा शुक्रबारसम्म २६ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति मदुरोले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएलाको राजदूतावास र वाणिज्यदूतावास बन्द गर्ने घोषणा गर्नुभएको छ । साथै, मदुरोले भेनेजुएलामा रहेका अमेरिकी कुटनीतिज्ञहरुलाई ७२ घण्टाभित्र देश छाड्न आदेश दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको सत्तालाई “अवैधानिक” भनी घोषणा गरिसक्नुभएको छ । विपक्षी नेता गुएइदोको घोषणालाई अमेरिका, युरोपेली युनियन तथा ब्राजिल, अर्जेन्टिना, कोलम्बिया समेतका केही दक्षिण अमिरिकी मुलुकहरुले समर्थन गरेका छन् ।

तर भेनेजुएलामा लगानी र सहयोग गरिरहेका चीन र रुसले राष्ट्रपति मदुरोलाई समर्थन गरेसँगै परिस्थितिले नाटकीय मोड लिन थालेको छ ।

तेलको धनी राष्ट्र भेनेजुएला आर्थिक रुपमा अत्यन्त कमजोर स्थितिमा छ ।

मदुरो गतवर्ष भएको राष्ट्रपतिको चुनावमा पुनः विजयी हुनुभएको थियो, तर यो चुनावमा धाँधली भएको जनाउँदै विपक्षीहरु तथा धेरै अन्य मुलुकले लगातार विरोध गरिरहेका छन् । तर, आफूलाई समाजवादी नेता भन्न रुचाउने मदुरोको शासनसत्ता शक्तिशाली सेनाको भूमिकामा अडेको विश्वास गरिन्छ ।

सेनाको जनरल समेत रहनुभएका रक्षामन्त्री भ्लादिमिर पाड्रिनोले ५६ वर्षीय मदुरो नै मुलुकको “वैधानिक राष्ट्रपति” रहेको घोषणा गर्नुभएको छ । उहाँले सम्भावित “सत्ता विद्रोह” विरुद्ध जस्तोसुकै कदम चाल्न भेनेजुएलाको सेना दृढ र एकताबद्ध रहेको बताउनुभएको छ ।

पाड्रिनोको घोषणा लगत्तै अरु आठ जना जनरलले पनि राष्ट्रपतिको पक्षमा समर्थन जनाएका छन् ।

मदुरोका समर्थकहरु न्यायाधीश रहेको सर्वोच्च अदालतले पनि मदुरोको “वैधानिक अख्तियारी” प्रति समर्थन जनाएको छ । “विदेशी सरकारहरुको उक्साहटमा भेनेजुएलामा सत्ता विद्रोहको तयारी भइरहेको हामीलाई लागेको छ ।”

अन्तरिम राष्ट्रपति घोषणा गर्नुभएका विपक्षी नेता हुँवा गुएइदोको भविष्य पनि अन्यौलमा पर्न थालेको अनुमान गरिएको छ । तर, युरेसिया ग्रुपमा आबद्ध विश्लेषकहरुले गुएइदोलाई विदेशी शक्तिराष्ट्रले समर्थन गरेका कारण मुख्य विपक्षी नेताका रुपमा स्थापित गर्न मद्दत गरेको बताएका छन् । यसपटक गुएइदोले शक्तिशाली भेनेजुएली सेनाको उच्च नेतृत्वको विश्वास जित्न सक्नुभएको छैन ।

उनीहरुले तत्कालै मदुरोको शासनसत्ता ढल्न सम्भव नदेखिएको बताएका छन् । तर, सत्ता परिवर्तनको पछिल्लो प्रयत्नमा दर्जनौंको ज्यान गएको छ ।

वासिङटनमा, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलाको सङ्कटका विषयमा छलफल गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउन आग्रह गर्नुभएको छ ।

पोम्पेओले भन्नुभयो, “बहसको समय घर्किसक्यो । पूर्व राष्ट्रपति निकोलास मदुरोको सत्ता अवैधानिक हो ।” प्रदर्शनकारीमाथि भइरहेको निर्मम दमनले अमेरिका दुःखी छ, उहाँले भन्नुभयो ।

निहत्था प्रदर्शनकारीमाथि सैनिक शक्ति प्रयोग गरिएकोप्रति आपत्ति जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “सबै विकल्प खुला रहेको” प्रतिक्रिया दिनुभएको छ । राष्ट्रपति ट्रम्पले भेनेजुएला विरुद्ध थप आर्थिक नाकाबन्दी लगाउने सम्भावना पनि छ ।

भेनेजुएलामा उत्पादित एक तिहाई इन्धन संयुक्तराज्य अमेरिका निकासी हुने गर्दछ । विश्लेषकहरुले तेल आयातमा कुनै किसिमको नाकाबन्दी लगाइए त्यसले अमेरिकी अर्थतन्त्रमा समेत असर पर्ने बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला विवादमा पनि डेमोक्र्याट पार्टीबाट खासै समर्थन प्राप्त गर्नुभएको छैन ।

डेमोक्र्याटी पार्टीका एकजना वरिष्ट सदस्य एवं सिनेटर बर्नी स्यान्डर्सले भन्नुभयो, “हामीले विगतका पाठबाट सिक्नु पर्दछ र कुनै मुलुकको सत्ता परिवर्तनमा अल्झिनु हुँदैन वा कुनै किसिमको सत्ता विद्रोहलाई समर्थन गर्नु हुँदैन ।

विगतमा हामीले चिली, ग्वाटेमाला, ब्राजिल र डोमिनिकन रिपब्लीकमा अमेरिकी प्रयत्न खासै फलदायी नरहेको उदाहरण हाम्रै अघिल्तिर छ ।”

उहाँले भेनेजुएलाको सत्ताले निहत्था प्रदर्शनकारीमाथि गरेको निर्मम दमनको भत्र्सना गर्नुभयो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मदुरोलाई टेलिफोन गरी समर्थन जनाउनुभएको छ । भेनेजुएलामा उत्पन्न सङ्कट बाहिरी मुलुकको उक्साहटमा भएको समेत पुटिनले बताउनुभएको छ ।

भेनेजुएलालाई सबैभन्दा बढी ऋण उपलब्ध गराइआएको चीनले बाह्य शक्तिले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेकाप्रति आपत्ति जनाएको छ ।

मदुरोलाई मेक्सिको, क्युबा र बोलिभियाका बामपन्थी सरकारहरुले विगतमा झैं समर्थन यथावत रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com