ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा बढ्दो सवारी दुर्घटना


admin

दाङ, ६ माघ । गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिकाको–३ राम्रीमा भएको बस दुर्घटनामा परी कलिला विद्यार्थी, शिक्षक, चालक गरी २३ जनाको मृत्यु भयो ।

त्यसैगरी गत मङ्सिर २८ गते दुलही लिएर जाँदै गरेको बिहेको गाडी लमही नगरपालिकाको रिहार नजिकै दुर्घटनामा परी दुलाहाका बुबा आमासहित ६ जनाको ज्यान गयो ।

यी दुवै दुर्घटनाले दाङवासीसहित सबैलाई निकै स्तब्ध बनायो । त्यस्तै मृतकका आफन्त तथा घरपरिवारलाई झन जीवनभरि नै भुल्नै नसक्ने गरी पीडा दियो । ती दुवै घटनाको थप अनुसन्धान जारी छ ।

तर प्रारम्भिक अनुसन्धानले दुवै घटनामा चालकको कमजोरी रहेको दाङ ट्राफिक प्रहरीले जनाएको छ ।

त्यसैले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अहिले यहाँका प्रहरी, प्रशासन, सरकारी निकाय, व्यवसायी, नागरिक समाज, दलका प्रतिनिधि तथा पत्रकारसमेत जिल्लामा बढ्दो सडक दुर्घटनालाई न्यूनीकरणका लागि विभिन्न अभियानमा जुट्न थालेका छन् । अभियानमा सहभागी सबैले बढ्दो सवारी दुर्घटनाप्रति चिन्ता र चासो व्यक्त गरेका छन् ।

उनीहरुले चालकलाई लक्षित गरी बाटोमा नै सवारी साधनबाट ओरालेर स्वास्थ्य परीक्षण गराएका छन् । त्यस्तै सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गर्दैआएका छन् । तर जिल्लामा दिनहुँ जसो सवारी दुर्घटना भइरहेका छन् ।

हिजो शनिबार तुलसीपुरबाट गोल्टाकुरीतर्फ जाँदै गरेको यात्रुवाहक बस तुलसीपुर उपमहानगरपालिका–१२ को हरीपौरीमा दुर्घटना हुँदा २५ जना घाइते भए ।

घाइतेमध्ये ७ जनालाई थप उपचारको लागि कोहलपुर लगिएको छ भने घाइने अन्य राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्केका छन् । त्यसैगरी शनिबार नै जिल्लाका अन्य दुई स्थानमा पनि मोटरसाइकल दुर्घटना भएका छन् । सो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दाङमा चालू आर्थिक वर्षको हालसम्म अर्थात माघ ५ गते सम्ममा १३४ वटा सवारी दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदन कुँवरले ती दुर्घटनामा परी ११० जना गम्भीर घाइते भएको जानकारी दिनुभयो ।सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल ६९, बस १८, ट्र्याक्टर १५, जीप तथा कार १४ रहेका छन् ।

त्यस्तै टेम्पो सात, ट्रक छ र टिपर दुई रहेका छन् । गत वर्ष सो अवधिमा ९५ वटा सवारी दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको थियो ।

ट्राफिक प्रहरीले चालु आवको हालसम्मको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १६ हजार ७८१ जना चालकलाई कारवाही गरेको छ ।

यस अवधिमा मोटरसाइकलका ६५५५, बसका २००६, जीपकार २०५२, ट्याक्टर १९९४, टेम्पो ६८१, ट्रक तथा ट्रिपर ३४९३ का सवारी चाचलकालाई कारवाही गरिएको थियो ।

कारवाहीस्वरूप रु. एक करोड दुई लाख ३३ हजार राजश्व सङ्कलन गरिएको टाफिक प्रहरी निरीक्षक कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com