ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देही र कपिलवस्तुबाट अवैध लागूऔषध सहित ३ जना पक्राउ 


admin
माघ ६, २०७५ आईतबार  ५ : ०४ बजे

काठमाडौं,६ माघ । रुपन्देही र कपिलवस्तुबाट अवैध लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही बुटवल उपमहानगरपालिका-६ ट्राफिक चोकबाट कास्की पोखरा महानगरपालिका-७ घारिपाटन बस्ने २८ वर्षीय हेमबहादुर गुरुङलाई नियन्त्रित लागूऔषध नुर्फिन ३० एम्पुल, फेनेरागन ३० एम्पुल, डाईजेपाम ३० एम्पुल, नाईट्रोसन १० एम्पुल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१ बहादुरगंज चोकबाट भारत रक्सौल बस्ने २६ वर्षीय ताहिर ‍अलि र कपिलवस्तु कृष्णनगर नगरपालिका-१ स्थित मजदुरी गरी बस्ने भारत घर भएका ३२ वर्षीय मोहमद आलम मुसलवानलाई लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ अन्दाजी ४० केजी सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले शंकास्पद रुपमा पैदल हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उनीहरुले बोकेको ३ वटा झोलामा ४ वटा प्लाष्टिकको ग्यालेनभित्र उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

सम्बन्धित

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

अमेरिकी विशेष दूत नेपाल आउँदै, मागे प्रधानमन्त्रीसँग भेटवार्ताको समय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com