ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारको न्यूनतम पारिश्रमिक लागू हुन्छ : संचारमन्त्री बाँस्कोटा


admin

भक्तपुर, ५ माघ । संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले प्रत्येक संचार माध्यममा श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने बताउनु भएको छ ।

आज नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको २१ औ साधारण सभाको उद्घाटन गर्दै उहाँले श्रमजिवी पत्रकारहरु एवं कर्मचारीको न्यूनतम पारिश्रमिक लागू गर्नबाट सरकार कुनै हालतमा पछि नहट्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो–“न्यूनतम पारिश्रमिक लागू भयो भने संचारमन्त्रीलाई कसरी सेकाउनु पर्छ भनेर बैठक बस्दैछ रे, मन्त्री बदलिएलान्, तर नेकपा नेतृत्वको सरकार अब चार वर्ष कुनै हालतमा बदलिदैन, जो सुकै मन्त्री भएपनि यो सरकारले श्रमजिवीको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्छ ।”

पत्रकारले आफ्ना पेशागत कुरा गर्नुपर्नेमा आन्दोलनकारीको माग पुरा गर भन्नु गैरजिम्मेवारी हो भन्दै उहाँले पत्रकारले राजनीति गर्ने हो कि, समाचार लेख्ने हो ? भन्नुभयो ।

सरकारले सबै क्षेत्रमा काम गरेपनि सरकारप्रति पूर्वाग्राही राखेर समाचार आउने गरेको टिप्पणी गर्दै उहाँले नेपालका मिडिया मालिकको चाहना अनुसार चल्ने गरेको बताउनुभयो ।

मिडियाले पत्रकारिता नगरी सत्ता पक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्न थालेको टिप्पणी गर्दै उहाँले सरकार विरुद्ध षडयन्त्रको अभ्यास धेरै दिन नटिक्ने विचार व्यक्त गर्नुभयो ।

डा. गोविन्द केसीले आफ्नो माग बिरुद्ध आफै अनशन बसेको टिप्पणी गर्दै उहाँले नेपालको मिडिया केसीले देखाएको बालहटको पछि लागेका छन् भन्नुभयो ।

केसीको माग पुरा गर भनेर एउटा पत्रकारले भन्नु गलत भएको बताउदै मन्त्री बाँस्कोटाले भन्नुभयो–“केसीले सोचेको कुरा उहाँ धर्तीमा एक्लै भएको भए पनि पुरा गर्न सक्नु हुन्थेन, उहाँ आफै प्रधानमन्त्री भएपनि सतप्रतिशत माग पुरा गराउन सक्नुहुन्न ।”

महासंघले प्रकाशित गरेको स्मारिकाको विमोचन समेत गर्दै मन्त्री बाँस्कोटाले आफू सरकारमा हुँदा केसीको माग पुरा नगर्ने अहिले माग पुरा गर्नुपर्छ भन्ने प्रबृत्ति गलत भएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधीसभा सांसद महेश बस्नेतले ठूला मिडिया सरकार बिरुद्ध अपवाह फैलाएर बदनाम गराउन खोजेको आरोप लगाउनुभयो ।
पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस काउन्सिल र सूचना बिभागबाट हुने सबै कामलाई अब प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला जिल्लाबाट केन्द्रमा धाउँनु पर्ने अबस्थाको अब अन्त्य हुनुपर्नेमा जोड दिदै संघीय ढाचा अनुसार प्रदेश र स्थानीय सरकारलाई अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दीलीप थापामागर, नेकपामा भक्तपुर अध्यक्ष बचन देउजा, नेपाली काग्रेसका जिल्ला सभापति दूर्लभ थापा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले संचार माध्यमले निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

साधारणसभामा पत्रकार महासंघ भक्तपुरको भवन निर्माण गर्ने, श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्नुपर्ने, साना संचार माध्यमलाई लोककल्याणकारी विज्ञापन दोब्बर गर्दै समानुपातिक बिज्ञापन प्रणाली लागू गर्नुपर्ने लगायतका ८ बुँदे घोषणा पत्र जारी गरेको महासंघ भक्तपुरका अध्यक्ष एवं कार्यक्रममा सभापति पुष्करराज बुढाथोकीले बताउनुभयो ।
कार्यक्रममा नगद रु. दुई हजार पाँचसय रुपैयाको मैयादेवी स्मृति पत्रकारिता पुरस्कार नारायण किलम्बुलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com